भारतबाट आएर क्वारेन्टाइनमा रहेका युवकको मृत्यु

अन‌ि यो पनि

डोटी । केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टाइनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ ।

वडा नं ३ का १९ वर्षीय युवकको आइतबार बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको उनका बुबा गजैसिं ऐरले बताए ।

भारतको दिल्लीबाट उनी जेठ २० गते आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । ‘१२÷१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ”, मृतकका बुबा ऐरले भने, “क्वारेन्टाइनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्नेबित्तिकै छोरो बेहोस भई ढल्यो ।”

छोरा ढलेपछि स्याहार गर्न बुबा आफैँ क्वारेन्टाइन बस्ने शर्तमा भित्र पसेका थिए । “गाउँमा सामान्य झारफुक र पानी छम्केपछि छोरा अलि होसमा आउँथ्यो”, उनले भने, “पहिले पनि यस्तै हुने हुँदा रातिको समय हामीले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौँ तर राति झन् च्यापेपछि शरीरमै दिसापिसाब र रगत फालेपछि बिहान ३ बजे प्राण त्याग्यो ।” मृतकका बुबा पनि शनिबार रातिबाट क्वारेन्टाइनमै बसेका छन् । रासस

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...