पिसिआर प्रयोगशाला हस्तान्तरण गर्न तयार

अन‌ि यो पनि

चितवन । चितवन मेडिकल कलेजले सञ्चालनको तयारी अवस्थामा रहेको आफ्नो पिसीआर परीक्षण प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले कोरोना भाइरसको जोखिम हुन नदिन परीक्षणका लागि जनशक्ति सहित प्रयोगशाला तयारी अवस्थामा रहेको हुँदा सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जानकारी दिए । उनले यससम्बन्धीपत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पठाएको बताए ।

उनका अनुसार कलेजमा प्रयोगशाला सञ्चालनका लागि सात अनुभवी जनशक्ति रहेका छन् । ती जनशक्तिले भरतपुर कोभिड–१९ प्रयोगशालामा समेत सुरुआतीचरणमा काम गरेका थिए । अहिले पनि कलेजकै दुई जनशक्ति प्रयोगशालामा कार्यरत रहेका छन् ।

कलेजले अनुमति पाएमा परीक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला सञ्चालन गर्न उपयुक्त हुने आफ्नो सुझाव रहेको उनले बताए ।

यस प्रयोगशालामा दैनिक २०० भन्दा बढी नमुनाको परीक्षण गर्न सकिने उनको भनाइ छ । त्यहाँ लाग्ने खर्च सरकारी तवरबाट गरेर काम गरेमा अहिले पालो कुरेर राखिएका नमूनाको समयमा परीक्षण गर्न सकिने देखिएको छ ।

भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापनामा उनको सक्रिय भूमिका रहेको थियो । उनले तत्कालीन समयमा पनि मेडिकल कलेजमा प्रयोगशालाका लागि ठाउँ दिन तयार रहेका जनाएका थिए ।

हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा चितवन, मकवानपुर, नवलपुर र कपिलवस्तुका नमुना परीक्षण भइरहेको छ । यस मेडिकल कलेजले निजी क्षेत्रबाट कोभिड–१९ नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

कोभिड क्लिनिकमा दैनिक पाँच÷छ बिरामी हेर्दै आएको जनाएको छ । यहाँ सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २० शैय्यालगायतका उपकरण र जनशक्ति चितवन मेडिकल कलेजले सहयोग गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया