लकडाउनले मनोवैज्ञानिक समस्या र समाधान विषयक छलफल

अन‌ि यो पनि

कावासोती । रोटरी क्लब अफ कावासोती र रोट्रयाक्ट क्लब अफ कावासोतीको आयोजनामा लकडाउनले मनोवैज्ञानिक समस्या र समाधान विषयक छलफल भएको छ ।

वर्तमान लकडाउनका कारण समाजका विभिन्न कर्मचारी, उद्यमी, व्यापारी कृषक, महिला तथा गृहिणी, अपांग तथा ज्येष्ठ नागरिक, बालबालिका, युवा आदिमा पैदा भएको र हुनसक्ने विभिन्न प्रकारका मनोसामाजिक समस्या र तिनिहरुको व्यवस्थापनसम्बन्धी एकदिने अनलाइन जुम एपको माध्यमबाट छलफल कार्यक्रम सम्पन्न भएको हो ।

रोटरी क्लब अफ कावासोतीका अध्यक्ष भरत पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्रोत व्यक्ति पाटन मेडिकल कलेजका सहायक प्राध्यापक डा. विजय थापा रहनु भएको थियो ।

उनी कल्पवृक्ष फाउन्डेसनका संस्थापक हुन् । उनले हेलिङ हिमालयन नामक कार्यक्रम चलाइरहेको जानकारी रोट्रयाक्ट क्लब अफ कावासोतीका अध्यक्ष परमानन्द गौतमले बताए । कार्यक्रममा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया