अप्ठ्यारो समयमा हिम्मत बढाउनुहोस् !

अन‌ि यो पनि

बन्दाबन्दीका क्रममा प्रेम रावतले हरेक दिन आफ्नो सन्देश मानिसहरूमाझ पु¥याइरहनुभएको छ । उहाँको सन्देशको केही अंशलाई यहाँ प्रस्तुत गरिएको छ :

कोरोना भाइरसका कारण मानिसहरूमा अझै पनि डर छँदै छ । तपाईं डराउन सक्नुहुन्छ । यदि तपाईं डराउन चाहनुहुन्छ भने यो कुरा तपाईंमाथि निर्भर रहन्छ । तर, तपाईंलाई म के भन्न चाहन्छु भने डराएर केही पनि कुरा प्राप्त हुन सक्दैन । तपाईं दुःखी हुनुहुनेछ । तपाईं दुःखी भएपछि तपाईंको शरीर अझै कमजोर हुन्छ । त्यसपछि त्यो जुन भाइरसका कारण तपाईं डराइरहनुभएको छ, तपाईंलाई त्यसले आक्रमण गर्न सक्छ ।

तपाईंभित्र कस्ता कस्ता शक्तिहरू छन् ? कुन–कुन शक्तिलाई तपाईं सदुपयोग गर्न सक्नुहुन्छ ? तपाईंसँग सहनशीलता छ । धैर्यता छ, स्पष्टता छ अनि चिन्ने शक्ति पनि छ । यतिमात्र होइन, तपाईंभित्र सारा संसारका रचयिता छन् । यसको अर्थ तपाईंभित्र जुन कुराहरू छन्, तिनमा केही कमी छैन । अनि, तपाईं जस्तोसुकै कठिनभन्दा कठिन परिस्थितिमा पनि तिनलाई प्रयोग गर्न सक्नुहुन्छ ।

एक पटकको कुरा हो । राजा अकबरको दरबारमा एकजना कवि घुम्दै आइपुगे । उनले अकबरका बारेमा एउटा कविता लेखे :

“अकबर एकदमै महान् हुनुहुन्छ, उहाँ दयालु हुनुहुन्छ !” सबैले भने, “यो त यिनले एकदमै राम्रो कुरा भनिरहेका छन् !” उनको कविता सुन्दै गर्दा मानिसहरू प्रशंसा पनि गरिरहेका थिए ।

अब त कविलाई पनि लाग्यो, “मेरो कवितालाई सबैले मन पराइरहेका छन् । उनले फेरि अर्को एउटा कविता लेखे । त्यसमा राजाको अभैm बढी प्रशंसा गरिएको थियो । मानिसहरू उनको अझै बढी तारिफ गर्न थाले । कविलाई महसुस भयो– मानिसहरू ताली बजाइरहेका छन्, सबै प्रसन्न भइरहेका छन् । राजा पनि खुशी भइरहेका छन् । अनि, उनले अझै अर्को कविता लेखे । यसरी नै उनले कविता वाचन गरिरहे, गरिरहे । अन्तमा उनले एउटा यस्तो हरफ वाचन गरिदिए, जसमा उनले भने– “तपाईं त भगवान्भन्दा पनि ठूलो हुनुहुन्छ !”

जसै उनले यसो भनेकामात्र के थिए– दरबारभरि सबैजना चुपचाप भए । कोही कवितर्पm हेरिरहेका छन् त कोही अकबरतिर हेरिरहेका छन् । मानिसहरू अलमलमा परे– के हामीले ताली बजाउनु हुने हो कि बजाउनु नहुने हो !” यदि ताली बजाऊँ भने यसको अर्थ वास्तवमा हामीलाई यसका कुरामा सहमत छ भन्ने हुन्छ– “अकबर भगवान्भन्दा पनि ठूला हुन् ।” तर, यो त हुनै सक्दैन । अब यो कसरी सम्भव हुन्छ । उनीहरूमा अन्योलको पहाडै ठडियो ।

राजाले चारैतिर हेरे– कसैले पनि ताली बजाइरहेका छैनन् । अनि दरबारभरि सबै निःशब्द भएका छन् । कसरी यस्तो भइरहेको छ ? त्यसपछि अकबरले वीरबलतिर हेरेर भने, “वीरबल ! के साँच्चै म भगवान््भन्दा पनि ठूलो हुँ त ?”

अनि वीरबल भन्छन्, “महाराज ! मलाई एक–दुई दिनको समय दिनुहोस् । म हजुरलाई सोचेर बताउनेछु !”

अकबरले भने, “हुन्छ !”

वीरबल द्विविधामा परे । के भन्ने ? यदि म राजालाई भनूँ– “हजुर ! तपाईं त भगवान्भन्दा पनि ठूलो हुनुहुन्छ !” त्यो पनि गलत हुनेछ । अनि, राजालाई यो कुरा पनि राम्रोसँग थाहा छ– “उहाँ भगवान्भन्दा ठूलो हुनै सक्नुहुन्न । यसो भनेमा मलाई सजाय दिइनेछ ।” वीरबल सोचिरहेका थिए तब उनमा एउटा तरिका उब्जियो ।

भोलिपल्ट उनी खुशी हुँदै दरबारमा गए । उनले अकबरलाई भने, “महाराज मैले हजुरको प्रश्नको उत्तर पत्ता लगाएको छु ।”
अकबरले वीरबलसँग सोधे, “के साँच्चै म भगवान्भन्दा पनि ठूलो हुँ ?”

वीरबलले भने– “महाराज ! यो सानो–ठूलोको कुरा होइन तर तपाईं एउटा कार्य गर्न सक्नुहुन्छ जुन भगवान्ले गर्न सक्दैनन् ।” यस कुराले पनि पूरै दरबारभरि एकदमै सन्नाटा छायो ।

अकबरलाई पनि लाग्यो, “म कुनचाहिँ त्यस्तो काम गर्न सक्छु, जुन भगवान्ले पनि गर्न सक्दैनन् ! यो त निकै ठूलो कुरा हो ।”

अकबरले भने, “वीरबल भन, कुन त्यस्तो काम हो, जुन काम म गर्न सक्छु तर भगवान्ले पनि गर्न सक्दैनन् ?”

त्यसपछि वीरबलले भने, “तपाईं कसैलाई पनि आफ्नो देशबाट– जहाँसम्म तपाईंको राज्य छ, त्यहाँबाट निकाला गरिदिन सक्नुहुन्छ । तर, ती जो सारा संसारका सृष्टिकर्ता छन् तिनले कसैलाई पनि आफ्नो राज्यबाट बाहिर निकाला गर्न सक्दैनन् । जहाँसम्म उनको सृष्टि छ, जहाँसम्म उनको रचना छ, उनले कसैलाई कहाँ बाहिर निकाला गरिदिन सक्लान् ? कहाँ पठाउन सक्लान् ? कुनचाहिँ त्यस्तो स्थान होला जहाँ उनी नहून्, जहाँ उनको नहोओस् !”

अकबरलाई यो कुरा एकदमै राम्रो लाग्यो । उनी वीरबलको उत्तर सुनेपछि अत्यन्तै प्रसन्न भए ।

वास्तवमा यदि हेर्ने हो भने कुनचाहिँ यस्तो स्थान छ, कुनचाहिँ यस्तो चीज छ जहाँ उनी नहोऊन् ! उनी हामीभित्र पनि विराजमान छन् । उनी हामीभित्र बसेका छन् । अनि, हामीले डराउनुपर्ने आवश्यकता नै के छ र !

मानिसहरू यो भाइरसबाट बच्न कोसिस गरिरहेका छन् । यसका लागि औषधिको खोजी पनि भइरहेको छ । तर, सबैभन्दा ठूलो कुरा के हो भने तपाईं सबैलाई मद्दत गर्नुहोस् । एकान्तवास (आइसोलेसन)मा रहनुहोस् । खुशी रहनुहोस् अनि वास्तविक खुशी तब हुनेछ जब मानिस आफूले आफूलाई चिन्न थाल्नेछ : मभित्र को बसेका छन् ? यसका लागि मानिसहरूले अन्तर्मुख भएर यो कुरालाई बुझ्नु आवश्यक छ । आफ्नो यो समयलाई राम्रोसँग बिताउनुहोस् । आनन्द लिनुहोस्, खुशी रहनुहोस् किनकि खुशी हामीभित्रै छ ।

(प्रेम रावत मानवता र शान्तिको विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँलाई यस कार्यका लागि थुप्रै संस्थाहरूद्वारा शान्तिदूतको उपाधि पनि प्रदान गरिएको छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि [email protected] प्रयोग गर्न सक्नुहुनेछ ।)

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया