सुस्त मनस्थितिका बालबालिकालाई शैक्षिक सामग्री

अन‌ि यो पनि

फूलबारी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनद्वारा भरतपुर–१५ स्थित श्री सुस्त मनस्थिति कल्याण विद्यालयको आवासीय र डे केयरमा रहेका विद्यार्थीहरुलाई शैक्षिक, खेलकुद र स्वास्थ्यसम्बन्धी सामग्री तथा पौष्टिक आहार प्रदान गरिएको छ ।

सामाजिक दूरी कायम गरी सुरक्षा सतर्कताका साथ गरिएको कार्यक्रममा उक्त विद्यालयमा रहेका २९ जना सुस्त मनस्थिति भएका बालबालिकालाई सामग्रीहरु प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा–१५ का वडा अध्यक्ष शम्भुबहादुर भण्डारीले सानो सहयोगले पनि सुस्त मनस्थिति भएका बालबालिकाहरुको शारीरिक र मानसिक वृद्धि तथा विकासका साथै बालमनोविज्ञानमा टेवा पुग्ने बताए ।

विद्यालयका प्रअ पूर्णकान्त कोइरालाले विद्यालयको आफ्नो कुनै स्थायी र भरपर्दो आम्दानीको स्रोत नभएको र यस्तै सामाजिक संघसंस्था, स्वेच्छिक चन्दादाता, सरकारी तथा गैरसरकारी निकाय र समाजसेवीहरुमार्फत प्राप्त सहयोगबाट सञ्चालन गरिरहेको भन्दै सबैबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।

सुस्त मनस्थिति कल्याण संस्थाका केन्द्रीय अध्यक्ष मुक्तिनाथ अधिकारीको अध्यक्षतामा भएको सो सामग्री वितरण कार्यक्रममा रेडक्रस चितवन जिल्ला शाखाका उपसभापति विदुर केसी, मन्त्री हरिप्रसाद पौडेल, कोषाध्यक्ष विजयराज खनाल, मनोसामाजिक कार्यक्रम अधिकृत प्रदीप सुवेदी, रेडक्रस महेन्द्रचोक उपशाखाका उपसभापति शंकर सिलवाल, सचिव जीवन केसीलगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

सो कार्यक्रममा विद्यार्थीहरुका अभिभावक, स्थानीय समाजसेवी र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया