भरतपुर–२८ को क्वारेन्टाइनबाट तीन जनाको बिदाइ

अन‌ि यो पनि

जीतपुर । भरतपुर–२८ को सरस्वती माध्यमिक विद्यालय जीतपुरको क्वारेन्टाइनमा बसेका तीन जनालाई ससम्मान बिदाइ गरिएको छ । स्वास्थ्य परीक्षणपछि सन्तोष कुमाल, बाबुराम महतो र कृष्ण लोहनी क्वारेन्टाइन अवधि पूरा गरेर घर गएका हुन् ।

पश्चिम चितवनका वडाहरुमा सबैभन्दा बढी ६६ जना यही वडामा रहेका छन् । वडा नं–२८ क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक तारा मास्केका अनुसार सरस्वती उच्च माध्यमिक विद्यालयमा २२ जना, आधारभूत विद्यालय सिसावासमा २२ जना, आधारभूत विद्यालय लौखरीमा आठ जना, आधारभूत विद्यालय अन्द्रौलीमा नौ जना र होम क्वारेन्टाइनमा पाँच जना गरी जम्मा ६६ जना क्वारेन्टाइनमा रहेका छन् ।

कुमाल समुदायको बाहुल्य रहेको यो वडाका बासिन्दाहरु प्रायः गरिब रहेका र भारतमा मजदुरी गर्न जाने गरेका कारण ती फर्केर आउँदा यहाँ संख्या बढी भएको भरतपुर–२८ का अध्यक्ष आशबहादुर कुमालले बताए ।

क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढ्दै गएपछि व्यवस्थापनमा सहयोग गर्न स्थानीय समाजसेवीहरुले जुटेर सहयोग गर्न थालेका छन् ।

मेघौली सुनचाँदी पसलका सञ्चालक अमृत विक, सरस्वती माध्यमिक विद्यालयका प्राचार्य डिल्लीराम सोडारी, स्थानीय समाजसेवी चूडामणि ढकाल तथा भरतपुर–२८ का वडा सदस्यद्वय नेत्र आचार्य र भीमबहादुर कुमालले क्वारेन्टाइनमा बसेकाहरुलाई भोजन, खाजा–नास्ता तथा फलफूलको व्यवस्था गरेका छन् ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया