शनिबार मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट नेगेटिभ

अन‌ि यो पनि

चितवन । भरतपुर अस्पतालको आईसीयूमा शनिबार बिहान मृत्यु भएका माडी–६ कल्याणपुरका २७ बर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । उनको सिजर र निमोनियाका कारण मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो । अस्पतालले केही बेरमा औपचारिक रुपमा विज्ञप्ति पनि प्रकाशन गर्दैछ ।
ती युवक भारतबाट एक साता अघि मात्रै माडी आएका थिए । उनलाई माडी ५ को दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको क्वारेन्टाइनमा राखिएको थियो ।

मृतक पुरुष सवारी दुर्घटनामा परेर उपचारका लागि भारत गएका थिए । उनलाई अस्तिदेखि ज्वरो आइरहेको थियो । उनको ढाड भाँचिएर प्यारालाइसिस भएको थियो । लगातार १०१ डिग्री भन्दा धेरै ज्वरो आएपछि माडीबाट भरतपुर अस्पताल ल्याइएको उपचारमा संलग्न डा. प्रमोद पौडेलले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया