भरतपुर अस्पतालको आइसियूमा एक जनाको मृत्यु

अन‌ि यो पनि

चितवन । भरतपुर अस्पतालको आइसियूमा उपचार गराइरहेका माडी-६, कल्याणपुरका २७ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

भारतबाट एक साताअघि आएर माडी नगरपालिका वडा नं ५ को दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको क्वारेन्टाइनमा बसेका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

मृतक पुरुष सवारी दुर्घटनामा परेर उपचारका लागि भारत गएका थिए । लकडाउनपछि उनी माडी नगरपालिकाको गाडीमा आएको माडी नगरपालिकाका सूचना अधिकारी प्रविण भण्डारीले जानकारी दिए ।

उनलाई अस्तिदेखि ज्वरो आइरहेको थियो । उनको ढाड भाँचिएर प्यारालाइसिस भएको थियो । लगातार १०१ डिग्रीभन्दा धेरै ज्वरो आएपछि माडीबाट भरतपुर अस्पताल ल्याइएको उपचारमा संलग्न डा प्रमोद पौडेलले जानकारी दिए ।

शनिबार बिहान अचानक श्वासप्रस्वासमा समेत समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको उनले बताए । भेन्टिलेटरमा राख्दा पनि उनलाई बचाउन नसकिएको पौडेलले बताए ।

मृतक पुरुषका स्वाब संकलन गरी कोरोना परिक्षणका लागि भरतपुर कोभिड १९ परिक्षण प्रयोगशाला पठाइएको छ । उनको रिपोर्ट आज साँझसम्म आइपुग्ने उनको भनाइ छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...