बाजुरा क्वारेन्टाइनमा ६५ वर्षीय पुरुषको मृत्यु

अन‌ि यो पनि

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ ।

यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।

झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनमा दमको रोगसमेत रहेको बुझिएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । रासस

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया