नवलपुरका तीन जनामा कोरोना पुष्टि

अन‌ि यो पनि

चितवन । भरतपुर कोभिड-१९ प्रयोगशालामा शुक्रबार परीक्षण गरिएका नमुनामध्ये तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जम्मा १७४ वटा नमुना परीक्षण हुँदा नवलपुर जिल्ला विनयित्रिवेणी गाउँपालिका ३ का १९ वर्षे पुरुष, सोही गाउँपालिका वडा नम्बर ४ का १८ र २७ वर्षे पुरुषमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।

संक्रमित सबै भारतबाट आएर विनयत्रिवेणी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए। जसको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया