सौराहाको सिटी हलको अनुगमन

अन‌ि यो पनि

सौराहा । सौराहामा सिटी हल निर्माणको काम अघि बढेको छ । संघीय सरकारबाट विनियोजित रकमबाट रत्ननगर ७ सिसुवारमा एक हजार मानिस अट्न सक्ने क्षमताको सिटी हल निर्माणको काम भइरहेको हो ।

कुल ३५ करोड २२ लाख ७० हजार ८१४ रूपैयाँ लागतमा एउटा मिनी हलसहितको सिटी हल निर्माण गर्न लागिएको रत्ननगर नगरका प्रमुख नारायण वन बताउँछन् । २०७९ वैशाख २१ गतेसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

निर्माणको जिम्मा पाएको रेलिगेर कन्स्ट्रक्सन प्रालि ललितपुरले निर्माणस्थलमै कामदारलाई बसोवासको व्यवस्था गरेर काम गरिरहेको छ । सौराहा सिटी हलसहित रत्ननगरका झन्डै दुई दर्जन योजनाहरुको शुक्रबार प्रदेशसभा सदस्यसहितको उपस्थितिमा जिल्ला समन्वय समिति चितवनले अनुगमन गरेको छ ।

त्यस्तै सौराहाको पप साइड राप्ती नदीकिनारमा तटबन्धन, बकुलहर रत्ननगर अस्पताल, रत्ननगरका निर्माणाधीन वडा कार्यालयहरु, इको टुरिजम पार्कलगायतको अनुगमन गरिएको थियो । टोलीमा बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगरका मेयर नारायण वन, जिसस समन्वय अधिकारी चूडामणि शर्मा गौतम, जिसस सदस्य लीलादेवी पोखरेललगायत प्राविधिक र पत्रकारहरु सहभागी थिए ।

शुक्रबार नै जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुना श्रेष्ठको संयोजकत्वमा भरतपुर महानगरपालिका भित्रका योजनाहरुको अनुगमन गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया