वसन्तपुर–सोमेश्वरगढी सडकअन्तर्गतको बाटो पिच हुँदै

अन‌ि यो पनि

माडी । माडीको धार्मिक पर्यटकीयस्थल सोमेश्वरगढीसम्म पुग्ने वसन्तपुर–सोमेश्वरगढी सडकअन्तर्गतको एक किमी बाटो पिच गरिँदै छ । रमाइलोडाँडादेखि बेलुवा चोकसम्म १.१७१ किमी सडक पिच गर्ने काम भइरहेको हो । पिचको चौडाइ ५.५ मिटर छ । वसन्तपुरदेखि सोमेश्वरगढीको पार्किङसम्मको दूरी करिब १० किमी रहेको छ ।

बागमती प्रदेशको एक करोड रूपैयाँ बजेटमा सडक पिच गर्ने काम भएको माडी नगरपालिका वडा नं–५ का वडाध्यक्ष रामबन्धु पोखरेलले जानकारी दिए । ‘पर्यटकीयस्थलसम्म पुग्ने बाटो भएकाले यस सडकलाई प्राथमिकता दिइएको छ’, उनले भने, ‘आगामी आर्थिक वर्षमा सोमेश्वरगढीसम्म नै पिच निर्माण गरिने छ । अहिले करिब एक किमी सडक पिच भएपछि ८ किमीजतिको काम बाँकी रहन्छ ।’

ऐतिहासिक एवम् धार्मिक पर्यटकीयस्थल सोमेश्वरगढी पुग्ने यो सडकअन्तर्गत यसअघि वसन्तपुरदेखि रमाइलोडाँडासम्म ८०० मिटर पिच गरिएको थियो । आगामी आवमा बेलुवा चोकदेखि सोमेश्वरगढीसम्म नै सडक पिच गरिने वडाध्यक्ष पोखरेलले बताए । प्रदेश र संघ सरकारको बजेटमा बाँकी ८ किमी सडक पिच गर्ने योजना रहेको उनको भनाइ छ । उनका अनुसार बाँकी सडक पिच गर्नका लागि सर्वे पनि भइसकेको छ ।

छरछरेदेखि सोमेश्वरगढीसम्मको जंगलभित्रको बाटोमा नाला निर्माण भइसकेको छ । बाटो ग्राभेल गर्ने काम भइरहेको छ । वसन्तपुरदेखि वडा नं–५ मा प्रवेश गर्ने यसै सडकमा प्रवेशद्वार निर्माणको पनि काम भइरहेको वडाध्यक्ष पोखरेलले बताए । प्रवेशद्वारमा विभिन्न जंगली जनावरहरुको टाउको अंकित चित्रहरु बनाइने उनले बताए ।

सोमेश्वरगढीमा ऐतिहासिक मह¤व बोकेको कालिका मन्दिर रहेको छ । त्यस ठाउँमा माडी नगरपालिकाले मूर्तिहरुको बगैँचा पनि बनाएको छ । सोमेश्वरगढीको विकासका लागि विभिन्न पूर्वाधार निर्माणको कामहरु भइरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया