चितवनमा कोरोना कहर : क्वारेन्टाइन व्यवस्थित बनाए सुरक्षित

अन‌ि यो पनि

भरतपुर । देशकै मध्यभागमा रहेको चितवन जिल्लामा कोरोना भाइरसको संक्रमण हालसम्म फैलिएको छैन । देशबाहिरबाट वा अन्य जिल्लाबाट आएका केही संक्रमित व्यक्तिबाहेक चितवनको समुदायमा कोरोना फैलिन पाएको छैन ।

‘चितवन जिल्लाको मात्र कुरा गर्ने हो भने हालसम्म पाँच जना संक्रमित भएको पुष्टि भएको छ, जसमा दुई जना उपचारपछि घर फर्किसकेका छन्, तीन जनाको उपचार भइरहेको छ’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, ‘संक्रमित कुनै व्यक्तिबाट समुदायमा कोरोना फैलिएको पाएनौँ, कन्ट्याक्ट टे«सिङ, आरडिटी तथा पिसिआर परीक्षण गर्दा चितवनको समुदायमा कोरोना नफैलिएको पायौँ ।’

उनले चितवन जिल्लाको समुदायमा कोरोना फैलिन नपाएको हुनाले चितवनवासी सुरक्षित नै रहेको बताए । उनले भने, ‘त्यो भनेर ढुक्क हुने अवस्था पनि छैन, बाहिरबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सके पछिसम्म नै चितवनवासी सुरक्षित रहन सक्नेछन् ।’

उनले हरेक स्थानीय तहले क्वारेन्टाइनलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताए । उनले भने, ‘भारतबाट मात्र होइन अब विदेशबाट पनि नागरिकहरु आउँछन्, उनीहरुलाई व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राख्ने र अन्य सम्पर्कबाट टाढा राख्न सक्ने हो भने समुदायमा कोरोना फैलिन पाउँदैन ।’

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म चितवनमा दुई हजारभन्दा बढीको पिसिआर परीक्षण भइसकेको छ । उनले भने, ‘यो संख्या परीक्षणको मात्रामा धेरै नै हो, प्रत्येक दिनजसो सबैको नेगेटिभ नतिजा आएको छ, त्यसकारणले पनि चितवनवासी त्यति धेरै जोखिममा छैनन् ।’

पछिल्लो समय संक्रमितको संख्या १०० जनाभन्दा कम भएका जिल्लामा लकडाउनलाई केही खुकुलो बनाउने रणनीति कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले बनाएको छ ।

समितिको प्रस्तावअनुसार १०० भन्दा कम कोरोनाको सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दूरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्तावसमेत सरकारलाई गरिएको छ । समितिको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको खण्डमा जेठ २५ गतेबाट चितवनमा समेत जिल्ला नकट्ने गरी साना सवारी साधन चल्न सक्नेछन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले हालसम्म चितवन जिल्ला कोरोनाबाट सुरक्षित नै रहेको बताए । उनले भने, ‘बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ, जसका कारण समुदायमा कोरोना फैलिन पाएको छैन ।’

उनका अनुसार चितवनका सात स्थानीय तहमा बनाइएको क्वारेन्टाइनमा ६ सयभन्दा बढी नागरिक बसिरहेका छन् । उनले भने, ‘ती नागरिक कोरोना भए पनि अन्यको सम्पर्कमा जान पाएका छैनन्, जसका कारण चितवनको समुदायमा कोरोना फैलिएको छैन ।’ उनले स्थानीय तहलाई व्यवस्थित क्वारेन्टाइन बनाउन निर्देशन गरेको र त्योअनुसार क्वारेन्टाइन निर्माण पनि भएको बताए ।

उनले बाहिरबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने, समय पुगेपछि परीक्षण गर्ने र संक्रमित भएको खण्डमा कोरोना अस्पतालमा राख्ने र नभएकालाई घर फिर्ता गरिने प्रणाली लामो समयसम्म सुचारू राख्नुपर्ने बताए । उनले भने, ‘त्यसो गर्न सकेको खण्डमा कोरोना समुदायमा फैलिन पाउँदैन, जसबाट पूरै जिल्ला सुरक्षित रहन सक्छ ।’

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया