नौबिसे–नागढुंगा सडकखण्ड मर्मत धमाधम

अन‌ि यो पनि

धादिङ । उच्च सवारी चापका कारण वर्षौँदेखि मर्मतसम्भारमा कठिनाईं हुने गरेको त्रिभुवन राजपथअन्तर्गत धादिङको नौबिसेदेखि नागढुंगासम्मको सडकखण्ड अहिले धमाधम मर्मत सम्भार भइरहेको छ ।

लकडाउनको कारण सडकमा गुड्ने सवारी साधनको संख्यामा निकै कम भएपछि सडक मर्मत सम्भार कार्य सजिलोसँग अघि बढ्न सकेको हो । विगतमा एकतर्फी सवारी रोकेर मर्मत सम्भार गर्दा दिनहुँ घन्टौँ सडक अवरुद्ध हुँदा हजारौँ सवारी साधन रोकिन गई लाखौँ यात्रु प्रभावित बन्ने गरेका थिए ।

विगतमा सवारी चाप बढी भएर यात्रुलाई मर्का पर्ने अवस्था आएर काम रोकिने गरेको थियो, अहिले यात्रुलाई प्रभावित नबनाई सडक मर्मत भइरहेको छ । सडकखण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुंगा सडकखण्डको २ किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौँले हेर्ने गर्दछ ।

देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने सडकखण्ड जीर्ण भएका कारण सधैँभरि सवारी साधनको चाप भइरहँदा मर्मत सम्भार गर्न निकै कठिन हुने गरेको थियो । सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने सडक कार्यालयका अधिकारीहरुको गुनासो थियो ।

अन्य समयमा १० मिनेट सडक रोक्दा ३ किलोमिटरसम्म सडक जाम हुने गरेको थियो । अहिले लकडाउनको कारण सडक सुनसान जस्तै भएपछि मर्मत सम्भारले गति लिएको हो । महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका अनुसार लकडाउन अघि यो सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दथे ।

अहिले खाल्टाखुल्टी र भत्केका स्थानमा कालोपत्रे गर्ने काम भइरहेको प्रतिष्ठा कन्ट्रक्सनका साइड इन्चार्ज विजय अधिकारीले बताए ।

अहिले नियमित कालो पत्रे नभई बिग्रे भत्केको स्थामामा मात्र मर्मत सुधार गरिएको हो । नौबिसेदेखि नागढुंगासम्म आवश्यकताअनुसार मर्मत गर्न थालिएको भए पनि पानी परेको कारण काममा केही कठिनाई भएको छ । वर्षात्ले अवरोध नगरे ज्येष्ठ अन्तिमसम्म सुधारको काम सकिने साइड इन्चार्ज अधिकारी बताउँछन् ।

शिवाको कन्ट्रक्सन र प्रतिष्ठा कन्ट्रक्सनको संयुक्त साझेदारीमा मोड कटिङ, पर्खाल लगाउने र कोलोपत्रे मर्मत गर्ने काम भ्याटसहित सात करोड ६० लाखको लागतमा भइरहेको सडक डिभिजन कार्यालय भरतपुर साइड अफिस गजुरीका इन्जिनियर कृष्ण खड्काले जानकारी दिए ।

इन्जिनियर खड्काका अनुसार चैतको पहिलो हप्तामात्र ठेक्का सम्झौता भए पनि निर्माण कामलाई तीव्रता दिएको छ । यही गतिमा काम भइरहे जेठ महिनाभित्र मर्मत सुधार गर्ने काम सकिन्छ । कटिङ गरेको स्थानमा मेसेनरी वाल, डे«न बनाउने काम सडकमा गाडी गुडिरहँदा पनि गर्ने सकिन्छ । सडक मर्मत सुधार गर्नका लागि यसपटक गाडी रोक्नु परको छैन । अहिले अति आवश्यक गाडीहरुमात्र सडकमा आएकोले सडक मर्मत गर्न सजिलो भएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनमा कोरोना : ५४ जना थपिँदा १६८ जना सङ्क्रमणमुक्त

–तुलमान गुरूङ भरतपुर । चितवनमा बिहीबार एकैदिन १६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्लो २४...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया