दोषीलाई कारबाही गर्न चेपाङ संघको माग

अन‌ि यो पनि

भरतपुर । माडी नगरपालिकाले निर्माण गर्दै गरेको चेपाङ बस्तीमा तोडफोड गरेको घटनालाई लिएर नेपाल चेपाङ संघ बागमती प्रदेशले ध्यानाकर्षण जनाएको छ। विपन्न चेपाङ समुदायको लागि माडी नगरपालिकाको पहलमा बस्ती निर्माण हुँदै गर्दा केही अराजक समूहले उक्त बस्तीको निर्माणाधीन संरचनामा तोडफोड गरेर क्षति पुयाएको भन्दै चेपाङ संघले घटनामा संलग्न दोषीको पत्ता लगाई तत्काल कारवाही गर्न पनि माग गरेको छ।

तत्काल उक्त घटनामा संलग्नको पहिचान गरी कारवाही नगरे चेपाङ संघले सशक्त आन्दोलन थाल्ने समेत चेतावनी दिएको छ। नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुसीलाल चेपाङले बिहीबार विज्ञप्ती जारी गरी घटनाबारे निन्दा गरेका हुन्। माडी नगरपालिकाको आर्थिक सहयोगमा माडी नगरपालिकाको वडा नम्बर ७ मा विपन्न चेपाङ समुदायको लागि ५० घर निर्माण हुँदै थियो।

प्रतिकृया

मुख्य समाचार

दुवै मिर्गौला फेल भएका थापाद्वारा सहयोगको याचना

–रामशरण गैरे चनौली । दुवै मिर्गौला फेल भएका भरतपुर–१८, भीमनगरका ४८ वर्षीय लोकबहादुर थापामगरले उपचारका लागि सहयोगको याचना गरेका छन्...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया