शिक्षाभन्दा स्वास्थ्य क्षेत्रमा ध्यान दिन सरकारसँग माग

अन‌ि यो पनि

भरतपुर । चितवनका चारवटा विद्यार्थी संगठनले असार १ गतेदेखि भर्ना नलिन आग्रह गरेको छ। नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, वैद्य नेतृत्वको अखिल क्रान्तिकारी र विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले संयुक्तरूपमा विज्ञप्ती जारी गरी वर्तमान परिस्थितिमा शिक्षाभन्दा पनि स्वास्थ्य क्षेत्रमा ध्यान दिन सरकारसँग माग गरेका हुन्। साथै शैक्षिक क्षेत्रमा पनि वेथिति बढ्दै गएकोले त्यसलाई तत्काल अनुगमन गरि नियमन गर्न सरकारसँग माग गरेका छन्। नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकाल, समाजवादी विद्यार्थी युनियन चितवनका अध्यक्ष अनुज जोशी, वैद्य नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी चितवनका अध्यक्ष कृष्ण सुनार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारी चितवनका सचिवालय सदस्य सुमन श्रेष्ठद्वारा संयुक्तरूपमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘चितवन जिल्लामा शैक्षिक सामग्री, पोसाक र यातायातको क्षेत्रमा रहेको सिन्डिकेट तत्काल खारेज गर्नुपर्छ।’

केहीदिनअघिको बजेट भाषणमा पनि नेपालको शैक्षिक क्षेत्रमा जम्मा ११ प्रतिशत मात्रै बजेट छुट्याएकोले त्यसलाई बढाएर कम्तिमा पनि २० प्रतिशत पुर्‍याउनुपर्ने माग गरेका छन्। सामाजिक उत्तरदायित्वको नाममा सामुदायिक विद्यालयकै अपमानज हुने गरी शैक्षिक गुणस्तर वृद्धिको लागि निजी विद्यालयलाई जिम्मा दिने निर्णयसमेत तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेका छन्। नेपालको स्वास्थ्य र शैक्षिक क्षेत्रमा सरकारले गरेको गतिविधिप्रति असन्तुष्ट रहेका यी विद्यार्थी संगठनले पछिल्लो समय निरन्तर आन्दोलन गर्दै आइरहेका छन्।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया