लकडाउनले ओझेलमा वातावरण दिवस

अन‌ि यो पनि

रत्ननगर । देशमा जारी लकडाउनका कारण विश्व वातावरण दिवस ओझेलमा परेको छ । संरक्षणसँग सरोकार राख्ने संघसंस्थाहरुले बृक्षारोपण, सरसफाइ र अन्य जनचेतना मुलक कार्यक्रम गरी यो दिवस मनाउने गरिएको थियो ।

तर शुक्रबार परेको विश्व वातावरण दिवसमा चितवन जिल्लामा खासै कार्यक्रम हुन सकेन । भरतपुर महानगरपालिका र सौराहाका दुईवटा संघसंस्थाले बाहेक अन्य ठाउँमा वृक्षारोपण र सरसफाइका कार्यक्रम हुन सकेनन् । लकडाउनकै कारणले सरसफाइमा क्रियाशील संघसंस्था र विद्यालयहरुले पनि जिल्लामा कुनै पनि कार्यक्रम गरेनन् । लकडाउनका कारण मान्छेहरु घरभित्रै बसिरहेका छन । राजमार्गमा सवारी साधनहरु कम गुडेका कारण ध्वनि प्रदुषण निकै कम भएको छ ।

बाह्य मण्डलमा मानवीय र सवारी साधनको चापका कारण वातारणमा सुधार आएको आँकलन गरिएको छ । कोरोना भाइरसका कारणले सृजना भएको परिस्थितिले वातावरणमा सुधार आएको विज्ञहरुले बताउँदै आएका छन् । तर लकडाउनका कारण वातावरण दिबसमै यसको सान्र्दभिकता र महत्वको बारेमा खासै चर्चा हुन पाएन । सौराहामा वातावरण दिवसको अवसरमा शुक्रवार बृक्षारोपण कार्यक्रम गरियो । बाघमारा मध्यवर्ती सामुदायिक वन र बर्ड एजुकेशन सोसाइटीले आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथि चितवन निकुञ्जका सौराहा सेक्टर प्रमुख गोपाल बहादुर घिमिरेले लकडाउनका कारण मन खोलेर दिवस केन्द्रित कार्यक्रम गर्न नपाएको बताए ।

मावन जीवनसंग जोडिएको वातावरण जोगाउन आत्मिय प्रयास आवश्यक रहेको भन्दै उनले जीवन रक्षाको लागि पनि वातावरण जोगाउनु पर्ने बताए । उद्घाटन कार्यक्रममा चराविद् टीका गिरीले लकडाउनका कारण विगतका वर्षहरुमा जस्तो उत्साह यस वर्ष नरहेको बताए । हामी लकडाउनमा छौं उनले भने यस्तो बेला वातावरण संरक्षणको लागि घरघरबाट प्रयास गर्नुपर्छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले राज्यको निर्देशनको पालना गर्नुपर्ने भएकाले यस बर्ष खुलेर वातावरण दिवसमा कार्यक्रम गर्न नपाएको बताए । वनका अध्यक्ष जितु तामाङले वातावरण संरक्षणको लागि जैविक विविधता जोगाउनु पर्ने बताए । उनले केही कारण देखाएर वातावरण दिवसलाई वेवास्ता गर्न नहुने विचार व्यक्ति गरे ।

कार्यक्रममा सहभागी संरक्षणकर्मीहरुले बर्ड एजुकेशन सोसाईटीको प्राङ्गढ र बाघमारा वनको खाली चौरमा बृक्षारोपण गरेका थिए । सहभागीहरुले निम,कपुर,समी,बर पिपल,तेजपत्ता,चौरी र गोलमोलका विरुवा रोपेको वर्ड एजुकेशन सोसाइटीकी अध्यक्ष सरस्वती चालिसेले जानकारी दिइन । विश्व वातावरण दिबसको यस बर्षको नारा सुरक्षित जीवनका लागि जैविक विविधता भन्ने रहेको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया