दुईहजार ५८३ वटा नमुना परीक्षण

अन‌ि यो पनि

चितवन । भतपुरको कोभिड १९ प्रयोगशालाबाट हालसम्ममा दुईहजार ५८३ वटा नमुना परीक्षण भएको छ। भरतपुर अस्पतालले जनाएअनुसार चितवन जिल्ला र बाहिरी जल्लिाबाट आएका नमुना परक्षण गरिएको हो। परीक्षण भएकामध्ये चितवन र नवलपुरका मात्र १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमितमध्ये हेटौँडाकी महिलासहित तीन जना संक्रमित निको भएर घर गएका छन् भने बाँकी सात जना उपचाररत छन्। उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलधर पौडेलले जानकारी दिए। भरतपुरमा २०७६ चैत २४ गतेबाट प्रयोगशाला सञ्चालनमा ल्याएको हो।

केन्द्रीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालले लकडाउनपछिको समयमा हालसम्ममा १५ हजार बिरामीले सेवा लिएका छन् भने दुईहजारभन्दा बढीले प्रसूती सेवा लिएका अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए। अस्पतालले कोभिड १९ को त्रासका बीचमा पनि सेवाग्राहीको लागि आवश्यक सबै खालको सेवा सुविधा दिइरहेकोले आवश्यक पर्दा उपचारका लागि निर्धक्क भएर सेवा लिन उनले आग्रह गरे।

भरतपुर अस्पतालबाट आज पनि २१ वटा नमुना परीक्षणका लागि प्रयोगशाला पठाएइको छ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया