भरतपुरको तीन ठाउँमा स्मार्ट शौचालय बन्ने

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरको तीन ठाउँमा स्मार्ट शौचालय बन्ने भएको छ । भरतपुरको रामनगर, गोद्राङ र चौबिसकोठीमा स्मार्ट शौचालय बन्ने भएको छ ।

आज शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र बागमती प्रदेश सांसद विजय सुवेदीले संयुक्त रुपमा वडा नं.१२ गोन्द्राङ्गमा शौचालयको शिलान्यास गरेकी थिइन् । महानगर र प्रदेश सरकारकोे लागतमा शौचालय निर्माण हुन लागेको हो ।

महानगर प्रमुख दाहालले सहरलाई स्वच्छ, सफा राख्न सार्वजनिक शौचालयको आवश्यक पर्ने बताइन् । गोन्द्राङको शौचालय २४ लाख रुपैयाँमा निर्माण हुन लागेको हो ।

आधुनिक शौचालयमा महिला तथा पुरुषको छुट्टाछुट्टै शौचालय तथा स्नान कक्ष हुनेछन् । पार्किङ र आकर्षक बँगैचा समेत रहनेछ । भरतपुरको चौविसकोठी र रामनगरमा निर्माण हुने आधुनिक शौचालयहरु पनि सोहि किसिमको हुनेछ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया