विश्व वातावरण दिवसमा वृक्षरोपण

अन‌ि यो पनि

चितवन । विश्व वातावरण दिवसको अवसर पारेर भरतपुर महानगरपालिकाले शुक्रबार वृक्षरोपण गरेको छ । महानगरका २९ वडामा विभिन्न प्रजातिका फलफूलको विरुवा वृक्षरोपण गरिएको छ ।

शुक्रबारमात्रै महानगरपालिकाले ६०० बढी विभिन्न जातका विरुवाहरु रोपेको छ । शुक्रबार विहान भरतपुर महानगरपालिका परिसरमा पनि फलफूलका बिरुवाहरु रोपिएको थियो । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले वातावरण संरक्षण र दिगो विकासमा सबैको सामूहिक सहभागिता हुनुपर्ने बताइन् । भरतपुर महानगरपालिकाले वातावरण संरक्षण र विकासका पूर्वाधारलाई समानान्तर ढंगले अगाडि बढाइरहेको उनको भनाइ थियो ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया