उद्योग संघमा बिक्री केन्द्रको शिलान्यास

अन‌ि यो पनि

भरतपुर । भरतपुर १० प्रदर्शनी मार्गस्थित चितवन उद्योग संघको परिसरमा निर्माण गरिने बिक्री केन्द्रको बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रदेश नं ३ का लघु, घरेलु तथा साना उद्योगको उपजको बिक्रीका लागि सो केन्द्र निर्माण हुन लागेको हो ।

चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष एवं पूर्वअध्यक्ष हरिप्रसाद सुवेदी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल र घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख नारायण लम्सालले संयुक्तरुपमा सो केन्द्रको शिलान्यास गरेका हुन् ।

बिक्री केन्द्र निर्माणपश्चात बजारमा पहुँच नपुगेका लघु, घरेलु तथा साना उद्योगको उपजको बजारीकरणमा सहज हुन गई उद्यमीहरुलाई समेत प्रोत्साहन मिल्ने चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा गभर्निङ काउन्सिलका उपाध्यक्ष सोमराज मरहठ्ठा, घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख नारायण लम्साल, पूर्वप्रमुख रमेश कर्माचार्य, चितवन उद्योग संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युगराज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, विष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, गोपालप्रसाद गैरे, डा. प्रमोद लामिछाने, दिनुपकुमार बराल, पुरूषोत्तम रिजाल, अमर घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
ॐ सत्य साई कन्स्ट्रक्सन प्रालि भरतपुरले निर्माण जिम्मा पाएको उक्त परियोजनालाई कन्सल्टिङ कम्पनी मौलाकालिका सिभिल वक्र्सले डिजाइन गरेको थियो ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया