लघुकथा :- कृषिविज्ञ

अन‌ि यो पनि

सुन्तली गाउॅंकी एक पढेलेखेकी सुन्दर केटी। शहरबाट विहेको प्रस्ताव आउॅंदा समेत इन्कार गरेकी थिई।
दोस्रो पटक कृषिमा स्नातक उतिर्ण आफ्नै गाउॅंको धुर्मुसको प्रस्ताव आयो। उसको जग्गा जमीन पनि प्रशस्तै थियो।
यो प्रस्ताव सुन्तलीले सहजै स्वीकारी। धुमधाम पूर्वक बिहे भयो।
दुबै जना कृषि पेसामा जमे र आम्दानी पनि राम्रै गरे।
यसै बीच उनिहरूको छोरा पनि ४ वर्षको भइसकेको थियो।
“ए सुन्तली ! सुन त, सधैंभरि यो दु:ख कति
गर्ने? अब शहरतिर बसाॅंई सरौं है।”
“हैन् के कुरा गर्नु भाको? यहाॅं हामीलाई नपुग्दो के छ र ? स्वच्छ वातावरण, आफ्नै खेतबारीको अन्नपात, शुद्ध दुध-दही, अर्ग्यानिक तरकारी र फलफूल, कहाॅं पाउनु त्यो शहरमा?” सुन्तली निरास हुॅंदै बोली।
“अब बाबुलाई पढाउन पनि शहर जानुपर्छ।”
“मैले गाउॅंमै पढें। बाबुलाई नि यहीं पढाए भइहाल्छ नि!”
“यहाॅंको पढाई राम्रो छैन् । तिमी नजाने हो भने म बाबुलाई लगेर जान्छु। तिमी यहीं बस।”
छोराको मायाले गर्दा सुन्तली नाजवाफ भई।
उसले शहरमा ४ आनामा बनेको घर किनेको छ। गाउॅंमा अन्नपात बेच्ने मान्छे अहिले हरेक चिज किनेर खान्छ ।
गमलामा २/४ बोट खुर्सानी, भण्टा र  भिण्डि रोपेको छ। बेला बेलामा त्यसको फोटो खिचेर सामाजिक संजालमा पोस्ट गर्छ र क्याप्सन लेख्छ, “आफ्नै घरको अर्ग्यानिक तरकारी”।अनि दिनभर त्यै पोस्टमा आउने लाइक र कमेन्ट गन्दै बस्छ।
सुन्तली भने शहरमा कत्ति पनि रमाउन सकेकी छैन्। डिप्रेसनमा परिसकेकी छे।
मोबाइलमा भएका आफ्नै गाउॅंघरका फोटोहरू टोलाएर हेरिरहन्छे।
फेसबुक हेर्दै थिई, लोग्नेको पोस्ट देखी। फिस्स हाॅंस्दै कमेन्ट गरी, “आफ्नो खेतबारी बाॅंझो राख्दै, गमलामा तरकारी रोप्दै – रमाउने मान्छे ! वाह, कृषिविज्ञ !”
बुटवल-१२, रुपन्देही।
प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया