भरतपुर । विभिन्न सङ्घसंस्थाले नेपाली क्रिकेट टोलीका खेलाडीहरूलाई रु तीन लाख नगदसहित सम्मान गरिएको छ ।
नयाँ वर्ष २०७१ को अवसरमा इनोभेटिभ क्लबले उनीहरूलाई नगद रु दुई लाखसहित सम्मान गरेको हो । यस्तै, चितवनको कालिका एफएमले ५१ हजार र नेपाल ब्याडमिन्टन सङ्घले ५० हजारसहित सम्मान गरेको क्लबले जनाएको छ ।
नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको विशेष कार्यक्रमबाट उठेको रकम क्रिकेट टोलीको हौसलाका लागि सोमबार चितवनमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको इनोभेटिभ क्लबका सदस्य रुपेश सेनले बताउनुभयो । कार्यक्रममा टि–ट्वान्टी विश्व कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेर आएका क्रिकेट खेलाडी शक्ति गौचन, राहुल विक, सागर पुन, वसन्त रेग्मी र अमृत भट्टराईको सहभागिता थियो ।
Discussion about this post