लघुकथा : सेल्फी समाजसेवी 

अन‌ि यो पनि

सरकारी राहत वितरणमा जनताको असन्तुष्टीका स्वरहरू सुनिएका थिए । राहत लिन अाएका ८-१० जना मान्छेहरू पत्रकारको अगाडि अाक्रोश पोख्दै थिए , ” लौ हेर्नुस् सरकारले जनतालाई बाँडेको राहत ! चामल कुहिएर पोका परेकाछन् , घुन र चिलसा उत्तिकै छ । यो त पशुलाई खुवाउने जस्तो छ ! हामी पशु हो ? सरकारले के विधि हेपेको हामी जनतालाई ! एक पोका नुन तीन घरले बाँडेर लिने रे !  एक किलो दाल दुई घरले भाग लगाउनु पर्ने रे ……..!
टोलटोलमा समाजसेवी युवाहरू पनि भोका मान्छेहरूलाई भोकमरीबाट बचाउन बाल्टीका बाल्टी चामल बाँडिरहेका थिए । कयौँ ठाउँमा युवाहरू मिलेर धेरै दिनको लामो यात्रा तय गरेर घर हिँडेका मान्छेहरूलाई खाना पकाएर खुवाउँदै थिए । नजिकै एउटा बोर्डमा लेखिएको थियो , “कृपया सेल्फी नखिच्नु होला ! “
बाटोको ठाउँठाउँमा कसैले पुराना जुत्ताचप्पल , कसैले दालमोठ चिउरा बाँडिरहेका हुन्थे । जे जे बाँडे पनि कसैले सेल्फी खिचेका थिएनन् । ती मनकारी मान्छेहरू, अरू कसैले सेल्फी खिच्न लागे भने , नखिच्नुस् है भन्थे । बाटोमा अनेक खाले समाजसेवीहरू देखिए । घर हिँडेका पैदल यात्रीहरू, बाटोमा जसले जे दिन्छन् त्यही खाएर हिँड्दै  थिए ।
एक ठाउँमा सुकिलामुकिला मान्छेले हातमा महङ्गो अाइफोन बोकेर बाटोमा चाउचाउ बाँडिरहेको थियो । ऊ भोकले रन्थनिएर हिँडिरहेका मान्छेहरूलाई भनिरहेको थियो , “कसलाई भोक लागेको छ अाउनुस् है , एउटा पोका लिनुस् र मसँग सेल्फी पनि खिच्नुस् । ” भोकले सिथिल मान्छेहरू , मर्नु भन्दा बहुलाउनु निको ठान्दै चाउचाउ लिन्थे र सेल्फी खिच्न उभिदिन्थे । भोका पेटहरू विवश थिए ।  सेल्फी खिचेको मन नपराउनेहरू भने तर्किएर हिँड्थे ।
अर्को ठाउँमा घ्याम्पे भुँडी भएको धनाढ्य मान्छे रोड छेउमा ४-५ दर्जन केरा लिएर बसेको थियो । ऊ भोका मान्छेहरूलाई एउटा एउटा केरा थमाउँदै सामसुङ एस९+ स्मार्टफोनबाट सुन्दर सेल्फीहरू खिच्दै थियो ।
रानपा-८ , पूर्वी चितवन 
प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया