पाँचौँ संक्रमित पनि राजधानीमै भेटियो

अन‌ि यो पनि

धादिङ । रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेँसी नगरपालिका वडा नं ३ छत्रेपाटी महेशफाँट घर भएकी एक महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

काठमाडौँको एक सञ्चारगृहमा कार्यालय सहयोगीका रुपमा कार्यरत ती महिला लकडाउन सुरु भएपछि घर आएर जेठ १२ गते काठमाडौँ फर्किएकी थिइन् । काठमाडौँ फर्किएलगत्तै स्वास्थ्यमा केही समस्या देखिएपछि जेठ १६ गते उनको स्वाब परीक्षण गरिएकोमा २१ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

ती महिलालाई कोरोना संक्रमण गाउँमै बस्दा भएको हो या राजधानी फर्किएपछि हो भन्ने खुल्न नसके पनि स्थानीय प्रशासन र धुनिबेँसी नगरपालिकाले शुक्रबारबाट उनको घर रहेको गाउँ सिल गरेर सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान तथा आफन्तहरुको स्वाब परीक्षण गर्ने कार्य अघि बढाएको छ ।

धुनिबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यका अनुसार नगरपालिकाको पूर्वमा चामे खोला, पश्चिममा भालु खोला, उत्तरमा सेढाईं गाउँ र दक्षिणमा महेश खोलाभित्रको क्षेत्रमा बाहिरबाट कसैलाई प्रवेश गर्न नदिएर खोजी तथा उपचार कार्य सुरु गरिएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अस्मान तामाङको निर्देशनपछि धुनिबेँसी नगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रकाश हमालको नेतृत्वमा ती महिलाको यात्रा विवरण खोजी गर्न थालिएको छ । उनीसँग सम्पर्क भएका व्यक्तिहरुको विवरण खोज्दै उनीहरुको पिसिआर परीक्षण गर्न र बाहिरी मान्छे गाउँमा पस्न नदिन सुरक्षा व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय धादिङका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सचिव डाक्टर पौडेलका अनुसार पहिलो चरणमा संक्रमितको घर परिवार र नियमित सम्पर्कमा रहेकाहरुको पिसिआर परीक्षण हुनेछ, त्यसको नतिजाको आधारमा थप परीक्षण गरिनेछ ।

धादिङ जिल्लाका स्थानीयमा देखिएको यो पाँचौँ संक्रमण हो । यसअघि धादिङ जिल्ला घर भएका ४ जनामा संक्रमण देखिएको भए पनि ३ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । यसअघि संक्रमण देखिएका चारैजनामा जिल्लाभित्र संक्रमण नभएको र उनीहरुमार्फत अरुलाई पनि संक्रमण नसरेकोे डाक्टर पौडेलले बताए ।

यसअघि दुवईबाट नेपाल फर्किएका नेत्रावती डबजोङका एक पुरुष नेपालमा भेटिएका तेस्रो कोरोना संक्रमित थिए, उनी गत महिना नै डिस्चार्ज भएका थिए भने पछिल्लो तीन साताभित्र भेटिएका गल्छी गाउँपालिका वडा नं ८ कटुवाल पौवा गाउँकी ३० वर्षीया महिला तथा थाँक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरुष र सिद्धलेक गाउँपालिकाकी एक महिला रहेका छन् ।

गर्भवती अवस्थामा रहेकी सिद्धलेकको महिलाको प्रसूति गृहमा उपचार भइरहेको छ भने यसअघि अरु तीन जना निको भएर घर फर्किसकेका छन् ।

यसैबीच, भारतका विभिन्न स्थानबाट गाउँ फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्दै आएको धादिङको नीलकण्ठ नगरपालिकाले उनीहरुको आरडिटी परीक्षण सुरु गरेको छ । बिहीबार सदरमुकामको बालमन्दिर माध्यमिक विद्यालय र नीलकण्ठ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसिरहेका २४३ जनाको कोरोना परीक्षण गर्दा ३१ जनाको रिपोर्ट पोजेटिभ आएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए ।

लकडाउनपछि भारतबाट फर्केर क्वारेनटाइनमा बसेका बालमन्दिरमा ५ जना र नीलकण्ठ माविमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको रिजालले जानकारी दिए । आरडिटीम पोेजेटिभ देखिएकाहरुको स्वाब परीक्षणको लागि पठाइने भएको छ । नीलकण्ठ नगरपालिका धादिङले ५०० सय वटा आरडिटी खरिद गरेर क्वारेनटाइनमा बसेकाहरुलाई आरडिटी परीक्षण गर्ने कार्य सुरु गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया