भरतपुर–२८ को क्वारेन्टाइनमा ५२ जना

अन‌ि यो पनि

जीतपुर । भरतपुर–२८ को सरस्वती माध्यमिक विद्यालय जीतपुर, सिसावास आधारभूत विद्यालय र लौखोरी आधारभूत विद्यालयको क्वारेन्टाइनमा ५४ मध्ये २ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर गएका छन् ।

पश्चिम चितवनका वडाहरुमा सबैभन्दा बढी ५२ जना यही वडामा रहेका छन् । कुमाल समुदायको बाहुल्य रहेको यो वडाका बासिन्दाहरु प्रायः गरिब रहेका र भारतमा मजदुरी गर्न जाने गरेका कारण ती फर्केर आउँदा यहाँ संख्या बढी भएको भरतपुर–२८ का अध्यक्ष आशबहादुर कुमालले बताए ।

भरतपुर–२७, जानकी मावी मेघौलीमा स्थापना गरिएको क्वारेन्टाइनमा तीन जना सुनिल महतो, जन्नुराम महतो र प्रकाश महतोको पिसिआर टेस्ट नेगेटिभ आएकोले बिहीबार घर पठाइएको र यस केन्द्रमा ८ जना व्यक्तिहरु रहेको क्वारेन्टाइन व्यवस्थापन समिति सचिव दुर्गाप्रसाद सापकोटाले जानकारी दिए ।

यस्तै भरतपुर–२०, भीमनगर माविमा स्थापना गरिएको क्वारेन्टाइनमा अवधि पूरा गरेर त्यहाँ रहेका १६ जना सबै आआफ्नो घर फर्किएको वडाध्यक्ष मणिलाल तामाङले बताए । बिहीबारसम्ममा भरतपुर महानगरपालिका वडा नं–१८ को क्वारेन्टाइन गुञ्जनगर माविमा ५ जना रहेको वडाध्यक्ष दीपक लामाले जानकारी दिए ।

त्यस्तै, भरतपुर–१७ को आधारभूत विद्यालय लगौटामा स्थापना गरिएको क्वारेन्टाइनमा ५ जना, भरतपुर २५ को क्वारेन्टाइनमा १ जना, भरतपुर–२१ मा १४ जना होम क्वारेन्टाइनमा रहेका छन् । भरतपुर–२६, आदर्श मावि दिव्यनगरमा रहेको क्वारेन्टाइनमा ३ जना रहेको वडाध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिए ।

साथै, भरतपुर–१६ को वडा परिसरमा स्थापना गरिएको क्वारेन्टाइनमा अवधि पूरा गरेर १६ जना सबै आआफ्नो घर फर्किएको वडा अध्यक्ष अमृत हमालले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया