करेन्ट लागेर दुवै हात गुमाएकी बालिकालाई सहयोग

अन‌ि यो पनि

चितवन । करेन्ट लागेर दुवै हात गुमाएकी म्याग्दीकी कृषिखा विश्वकर्मालाई धौलागिरि–चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनले आर्थिक सहयोग गरेको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ की विश्वकर्मालाई मञ्चले गरिमा विकास बैंकमार्फत ५५ हजार ५ सय ५५ रूपैयाँ आर्थिक सहयोग गरेको हो। पाउद्वार मामाघर तथा खिवाङ घर भएकी विकको उपचार र शिक्षाका लागि धौलागिरि–चितवन विश्वकर्मा सम्पर्क मञ्च, चितवनको एक महिने आर्थिक संकलन अभियान चलाएको थियो।

सोही अभियानबाट संकलित रकम बैंकमार्फत पठाइएको मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माले जानकारी दिए।

घरनजिकै खेल्ने क्रममा गत वैशाख ३ गते ट्रान्सफर्मरबाट करेन्ट प्रवाह भई गम्भीर घाइते भएकी कृषिखाको दुवै हात काटिएको छ। किर्तिपुर अस्पतालमा उपचार गरी हालै डिस्चार्ज भएकी उनलाई थप उपचार र भविष्यमा शिक्षाको लागि थोरै भए पनि सहजता मिलोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको महासचिव अमिर रामदामले बताए।

धौलागिरि–चितवन विश्वकर्मा सम्पर्क मञ्च, चितवनले पछिल्लो समय क्रियाशील भएर सामाजिक, साँस्कृतिक तथा दलित आन्दोलनमा कार्य सम्पादन गर्दै आइरहेको छ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया