थप एकसहित कोरोनाबाट १० जनाको मृत्यु

अन‌ि यो पनि

काठमाडौँ । कोरोना भाइरसबाट नेपालमा थप एक जना व्यक्तिको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

पाल्पाकै स्थानीय क्वारेन्टाइनमा रहेका उनी भारतबाट पाँच दिनअघि नेपाल आएका थिए । उनलाई स्वास्थ्यमा समस्या भएपछि पाल्पाको तानसेनस्थित मिसन अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा यही जेठ २० गते निधन भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । जसमा रिपोट पोजेटिभ आएको हो ।

पछिल्लो २४ घन्टामा मुलुकभर पिसिआर विधिबाट तीन हजार ८६७ परीक्षण भएको छ भने आरडिटी विधिबाट पाँच हजार १८५ जनामा परीक्षण गरिएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या एक लाख ६१ हजार २६२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया