एकैदिन ३३४ सहित संक्रमितको संख्या २६ सय नाघ्यो

अन‌ि यो पनि

काठमाडौँ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

जसमध्ये ३१९ पुरुष र १५ महिला छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई हजार ६३४ पुगेको छ । जसमा दुई हजार ४५० पुरुष र १८४ जना महिला छन् । हालसम्म ६५ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, बिहीबार कोरोना भाइरसलाई जितेर १२ जना घर फर्किएका छन् । यससँगै निको भएर घर फर्कनेको संख्या २९० पुगेको छ ।

प्रतिकृया

मुख्य समाचार

निषेधाज्ञा खुकुलो भएसँगै गाँजाको ओसारपसार बढ्यो

–अमृत चिमरिया हेटौँडा । मकवानपुर लागूऔषध गाँजा उत्पादनको हब मानिने जिल्ला हो । मकवानपुरको कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाका क्षेत्रमा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया