जुटपानी । जुटपानी–९ मा रहेको चर्तुमुखी सामुदायिक वनमा वन्यजन्तुलाई पानीको व्यवस्था गर्न सिमसार ताल निर्माणको काम सुरू गरिएको छ । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत होमनाथ सुवेदी र राष्ट्रिय प्रकृति संरक्षण कोषका ओभरसियर आनन्द थापाले ताल खन्ने कामको थालनी गर्नुभएको थियो ।
सुख्खायाममा पानीको अभावले वन्यजन्तुहरुलाई समस्या पर्न थालेपछि सामुदायिक वनले ताल निर्माणको काम सुरू गरेको वनका अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार कार्यक्रमको आयोजना गरी ताल निर्माणको काम सुरू गरिएको सामुदायिक वनले जनाएको छ । कार्यक्रम वनका अध्यक्ष नन्दलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post