बाल मन्दिरका जग्गादाता गोमायाको निधन

अन‌ि यो पनि

भरतपुर । चितवनको बाल मन्दिरका लागि जग्गा दान गरेकी भरतपुर निवासी गोमाया अधिकारीको ९० वर्षको उमेरमा निधन भएको छ । सामान्य दमका बिरामी उनको मंगलवार राति आफ्नै निवास भरतपुर १० मा निधन भएको हो । उनीसहित उनको २०३२ सालमा दिवंगत भएका श्रीमान्लगायतले बालमन्दिरका लागि दुई बिघा ६ कठ्ठा जग्गा दान गरेकी थिइन् । उनको श्रीमान् गोविन्दनाथ अधिकारी जमिन्दारका रुपमा परिचित थिए ।
वैदिक धर्म परिषद् चितवनका आजीवन सदस्य गोमायाका ३ छोरा, ३ छोरी रहेका छन् । एक छोरा र एक छोरीको दिवगंत भइसकेको परिवारले जनाएका छन् । स्व गोमायाको वैदिक परम्पराअनुसार बुधबार नै देवघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

खोप ल्याउने छलफल मात्रै हुँदा मन्त्रीको दाबी-‘खोप ल्याएर चमत्कारी देखाउँछौँ’

काठमाडौँ ११ असार । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार स्वास्थ्य...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया