ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अलपत्र नेपालीको उद्धार

by चितवन पोष्ट
२०७१ बैशाख ३, बुधबार ०१:१४ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

म्यानपावर कम्पनीले लाखौँ कमाउने प्रलोभन देखाएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुलाई अलपत्र पार्ने गरेका छन् । यसरी म्यानपावर कम्पनी र एजेन्टमार्फत् लेबनान पु¥याइएका ३७ महिलासहित ३९ जना नेपाली कामदारलार्ई भर्खरै उद्धार गरिएको थियो । उद्धार गरिएका महिलाहरुले आफूहरुलाई तलब नदिइएको, शारीरिक यातना र श्रम शोषण गरिएको जनाएका छन् । घरेलु कामदारका रुपमा लेबनान पुगेका महिलाहरुमाथि शोषण भएपछि भागेर अन्य नेपालीहरुको शरणमा पुगेपछि सरकार, इजिप्टस्थित नेपाली दूतावास तथा विश्व आप्रवासी संगठनको प्रयासमा उद्धार गरिएको थियो । पीडित महिलाहरुलाई वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको समूहद्वारा सञ्चालित ‘पौरखी’ संस्थाले जिम्मा लिएर पुनसर््थापना गर्ने भएको छ ।
लेबनानमा अलपत्र परेका महिलाहरुको अवस्थाबाट नेपाली कामदारहरुको अवस्थाबारे प्रष्ट हुन सकिन्छ । यसरी प्रलोभनमा परेका हजारौँ नेपालीहरुले विभिन्न मुलुकहरुमा कष्टपूर्वक निकृष्ट काम गर्न बाध्य भएका छन् । कतिपय महिलाहरुमाथि यौन शोषण गरिएका खबरहरु बेलाबेलामा सुनिने गरेका छन् । लेबनानमा धेरै महिला कामदारको अवस्था दयनीय रहेको पीडित महिलाहरुले बताएका छन् । कुटपिट गर्ने, मानसिक तनाव दिने, राम्रोसँग खान पनि नदिने, श्रमको मूल्य नदिने कारण अधिकांश भागेर अवैधानिक भएर बस्ने गरेको विश्व आप्रवासी संगठनले जनाएको छ । नेपालबाट संस्थागत रुपमा घरेलु कामदार पठाउने प्रावधान छैन ।
सरकारले संस्थागत रुपमा घरेलु कामदार पठाउन बन्द गरे पनि हजारौँ महिला विदेशमा रहेको वैदेशिक रोजगार व्यवसायी संघले प्रष्ट पारेको छ । तर, विभिन्न एजेन्ट तथा म्यानपावर कम्पनीको प्रलोभनमा परेर दिनहुँजसो घरेलु कामदारका रुपमा विदेश जाने महिलाहरुको संख्या बढिरहेको छ । दुई साताअघिमात्र कम्पनीको मालिक भागेपछि मलेसियामा ८५ कामदार अलपत्र परेका थिए । मालिकले नै पासपोर्ट लिएर भागेपछि खोटाङको सुरक्षित आप्रवासन परियोजनाले उनीहरुलाई उद्धार गरेको थियो । अलपत्र अवस्थामा उद्धार गरिएकामा खोटाङ, ओखलढुंगा, भोजपुर, सिराहा, संखुवासभा, इलाम, रौतहट, सर्लाही, बारा, पर्सा, महोत्तरी, धनुषा र मकवानपुर जिल्लाका थिए । उद्धार गरिएकालाई काठमाडौँस्थित प्रवासी नेपाली समन्वय समितिको केन्द्रमा राखिएको थियो ।
मकाउमा राम्रो कमाई हुने, सुरक्षा र सुविधाको प्रलोभन देखाएर ठगी हुने गरेको छ । करिव २२ सय नेपालीहरु मकाउमा गएको हङकङस्थित महावाणिज्य दूतावासको तथ्यांकमा छ । मकाउमा नेपालीहरुले दुःख पाएको, भनेबमोजिमको काम नपाएको र म्यानपावरबाट ठगिएका गुनासाहरु आइरहेका छन् । मकाउमा कामदार पठाउन दर्जनबढी म्यानपावर कम्पनी सक्रिय रहेका छन् । केही महिनाअघि मकाउमा ३१ जना कामदारलाई विचल्ली अवस्थामा राखिएको भन्दै उद्धार गरिदिन परराष्ट्र मन्त्रालयमा निवेदन परेको थियो । कराँतेका राष्ट्रिय प्रशिक्षक टीकारामले अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी गराउने भन्दै कामदारहरुलाई विचल्ली बनाएका थिए । यस्ता ठगीका श्रृंखला अन्त्य गर्न सरकारले दोषी देखिएका म्यानपावर कम्पनीलाई कारबाही गर्नुपर्छ ।

Related Posts

Chitwan Post

विश्व वन्यजन्तु दिवसको सन्दर्भ

Chitwan Post

शून्य भेदभावको परिकल्पना

Chitwan Post

देशमा स्वास्थ्य सेवाको अवस्था

Discussion about this post

अन‌ि यो पनि

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा
राजनीति

आलमलाई छुटाउन प्रयासरत छुः सभापति देउवा

रौतहट, १९ फागुन (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै...

Read more
प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’ : सभामुख

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’ : सभामुख

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In