मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द गरिने

अन‌ि यो पनि

बुटवल । बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचारबापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार १ गतेदेखि बन्द गर्ने घोषणा अस्पतालले गरेको हो ।
हाल प्रदेश नं ५ मा साढे ६ सयको हाराहारीमा मिर्गौलाका बिरामी छन् । विपन्न वर्गका नागरिकलाई उपचार दिने सरकारबाट सूचीकृत सो अस्पतालमा मात्र साढे तीन सय बिरामीले निःशुल्क डायलायसिस सेवा लिँदै आएका छन् । रासस

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया