भरतपुर अस्पतालको सिटीस्क्यान सेवा सञ्चालनमा

अन‌ि यो पनि

चितवन । छ महिनापछि भरतपुर अस्पतालको सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । मेसिनमा समस्या आएपछि सिटी स्क्यान सेवा अवरुद्ध थियो । मर्मतपश्चात बुधबारदेखि १२८ स्लाइसको सिटी स्क्यान मेसिन पूर्णरूपमा सञ्चालनमा आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए ।

गएको मङ्सिरदेखि बिग्रिएको मेसिन लामो समयसम्म नबन्दा बिरामीले निजी अस्पताल र ल्याबमा महङ्गो शुल्कमा सिटीस्क्यान गराउन बाध्य भएका थिए । बिमा गराएका बिरामी दुई मेडिकल कलेज र मनकामना अस्पताल जाने गरेका थिए भने बिमा सुविधा नलिएका तर सिटी स्क्यान गराउनुपर्नेहरू अन्य निजी अस्पतालमा सिफारिस हुने गरेका थिए । मेसिन बिग्रँदा बिमाका बिरामी बढी प्रभावित भएका थिए । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भने, ‘न्यूरोको शल्यक्रियासमेत हुन सकेको थिएन, एक वर्षका लागि मर्मत गर्ने कम्पनीसँग सम्झौता गरिएको छ ।’

भरतपुर अस्पतालमा सिटी स्क्यान गरेको रकम रु तीनदेखि नौ हजारसम्म तिर्नुपर्छ । अन्य निजीमा रु चारदेखि १३ हजारसम्म तिर्नुपर्छ । भरतपुर अस्पतालमा दैनिक औषत १२ देखि १५ जनाले सिटी गराउँदै आएका छन् । विसं २०७४ जेठमा रु छ करोड ४७ लाख रकम खर्चिएर खरिद गरेको सिटीस्क्यान मेसिन वारेन्टी समय सकिएको पाँच महिना पनि नपुग्दै बिग्रिएको थियो । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया