विनयी त्रिवेणीका १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

अन‌ि यो पनि

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको १० जना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागार्ईंका अनुसार कोरोना प्रयोगशाला भरतपुर अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । त्यसैगरी १३२ जनाको रिपोर्ट आउन भने बाँकी रहेको छ ।

पूर्वी नवलपरासीको स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार बिहीबारसम्म पूर्वी नवलपरासीमा लकडाउन सुरु भएयता स्वाब संकलन गरी पिसिआर जाँच गरिएकोमा ३८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तीमध्ये एक जना काठमाडौँका सशस्त्र प्रहरी अस्पतालमा उपचारपछि निको भएर फर्किएका छन् भने पाँच जनाको मध्यविन्दु जिल्ला अस्पताल कावासोती १६ डण्डा र ४ जनाको चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । पूर्वी नवलपरासीमा २ हजार ५०२ जनाको आरडिटी परीक्षण गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया