तरकारी बजार खुलाउने प्रयास गर्दै व्यवसायी

अन‌ि यो पनि

नारायणगढ । क्षेत्रपुरमा रहेको चितवनकै मुख्य तरकारी बजार खोल्ने तयारीमा त्यहाँका व्यवसायीले अभ्यास थालेका छन्।

जारी लकडाउनका कारण तरकारी बजार नै बन्द गराउँदा उपभोक्ता र किसान पनि समस्यामा परेको भन्दै बजार सञ्चालन गर्ने विषयमा व्यवसायी, सम्बन्धित टोल सुधार समिति र भरतपुर महानगरपालिकासँग छलफल गर्ने काम भइरहेको तरकारी तथा फलफूल व्यवसायी संघ चितवनका अध्यक्ष मदनप्रसाद सापकोटाले जानकारी दिए।

‘व्यवसायीलाई सरकारले लागू गरेको नीति नियमभित्र रहेर सामाजिक दुरी कायम गराई व्यवसाय चलाउन दिने भन्ने विषयमा हामी सकारात्मक छौँ,’ उनले भने, ‘सम्भव भएसम्म हामी भोलिदेखि व्यवसाय सञ्चालन गर्छौँ।’

लकडाउनको समय थपिँदै जाँदा समाधान भन्दा पनि समस्या बढ्दै गएकोले लकडाउनको स्वरूप परिवर्तन गराएर सुरक्षित उपाय अपनाउँदै व्यवसाय चलाउन दिनुपर्ने पक्षमा चितवनका सबै व्यवसायी उभिएका छन्।

केही दिनअघि व्यवसाय खोल्न पाउनुपर्ने भन्दै व्यवसायीले नै नारायणगढ बजारका व्यवसायिक सटरहरूमा पम्प्लेट टाँस गरेका थिए। तर, कोरोना भाइरस संक्रमणको जोखिम कम नभएकोले तत्काल खोल्न नसकिने भन्दै जिल्ला प्रशासन कार्यालयले भने अनुमति दिएको छैन।

तरकारी बजारको हकमा भने भरतपुर महानगरसँग छलफल गरी खोल्ने विषयमा सबै पक्ष सकारात्मक देखिएको अध्यक्ष सापकोटाले जानकारी दिए।

अत्यावश्यक सेवाभित्रै पर्ने हुँदा लकडाउन सुरू भएको केही दिनसम्म व्यवसाय खुला रहे पनि मानिसहरूको भीडभाड बढी हुँदा संक्रमण फैलिने डर पनि बढी नै भएपछि व्यवसायीले नै व्यवसाय बन्द गराएका थिए। बीचमा एकदिन व्यवसाय खोले पनि लकडाउनको पालनामा समस्या भएपछि पुनः बन्द गरेका थिए।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...