‘भरतपुर अस्पतालले सुरक्षाका उपाय अपनाएन’

अन‌ि यो पनि

भरतपुर । भरतपुर अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीले अस्पतालले सामान्य खालको सुरक्षा पनि नअपनाएको गुनासो गरेका छन्।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अहिलेको कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै प्रवेशद्वारमै बिरामी र उसका आफन्तलाई ह्याण्ड स्यानिटाइजर तथा ज्वरो मापनजस्ता सुविधा नदिइएको सेवाग्राहीको गुनासो छ।

हामीले उपचार त पायौँ, तर स्यानिटाइजर लगाइदिने, ज्वरो नाप्नेजस्ता काम गरेको त देखेनौँ,’ सर्पको टोकाइको उपचार गर्न देवघाटबाट आएका युवराज सारुमगरले भने, ‘तर, भित्र उपचार त राम्रै थियो।’

संक्रमण फैलिन नदिन उपचार सेवा राम्रो भए पनि अहिलेको परिस्थितिमा बाहिरैबाट सुरक्षाका उपाय अपनाउनुपर्ने उनको बुझाइ छ।

प्रायः निजी अस्पतालहरूले पनि अस्पताल प्रवेश गर्दा अनिवार्य स्यानिटाइजिङ र ज्वरो मापन गर्ने गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरूमा पनि अहिले यो सेवालाई अनिवार्य बनाएको छ। तर, भरतपुर अस्पतालमा यस्ता सामान्य विषयमा ध्यान नदिनुले बाहिर सकारात्मक सन्देश नजाने नाम नबताउने सर्तमा भरतपुरकी एक महिलाले बताइन्।

तनहुँको नालाबाट श्रीमतीको उपचारका लागि आएका ईश्वर सुनार भने अस्पतालको सेवा सुविधा सन्तोषजनक नै रहेको बताउँछन्। चारदिनदेखि श्रीमतीको उपचारमा रहेका उनलाई उपचारमा कुनै समस्या छैन। आफूहरु अस्पतालभित्र र बाहिर गर्दा पनि सामान्य सोधपुछ र हात धुने, ज्वरो नाप्नेजस्ता काम भइरहेको उनले बताए।

अस्पताल प्रशासनले पनि सकभर सुरक्षाका उपाय अपनाएर सेवा दिइरहेको बताएको छ। ‘अहिलेको परिस्थितिमा सामान्य मापदण्ड पनि पूरा गरेका छौँ,’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले भने, ‘हामीले सकभर सेवाग्राहीबाट गुनासो नआउने गरी काम गरिरहेका छौँ।’

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया