लकडाउनको उचित व्यवस्थापन र मनोविज्ञानको महत्त्व

अन‌ि यो पनि

कोरोनाले विश्वभर महामारीको रुप लिइरहेको यस वर्तमान समयलाई मध्यनजर गर्दै रोकथाम गर्नुपर्ने जटिल परिस्थितिमा पक्कै लकडाउनको पनि मह¤वपूर्ण भूमिका रहन्छ । विश्वका कयौँ राष्ट्रहरु अझै यस विशाल युद्धको मैदानमा संघर्ष गरिरहेका छन् । विश्व विज्ञानले अझै यस कोरोना भाइरसको वास्तविक औषधि पत्ता लगाएको छैन । तर उच्च मनोबल, व्यायाम, स्वस्थ खानपिन, आत्मविश्वास पनि यस भाइरसका मनोवैज्ञानिक ओखती नै हुन् । आउनुहोस्, आशा र भरोसाको दिगो सोच राख्दै चम्किलो यथार्थपरक वातावरणीय पर्यावरण शुद्धताबाट एउटा उज्यालो किरण छर्नतिर लागौँ ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमित संख्या बढ्दो छ । संक्रमितसँगै सन्चो हुनेहरुको पनि केही संख्या बढेको नै छ त केवल आत्मविश्वासले । यो भाइरसको कुनै ठेगान हुँदैन, न त जात न त धर्म न त राजनीतिक दल, यो त केवल प्रकृतिको एउटा प्रकोप हो र पक्कै पनि हामी मानवजातिले यो परिस्थितिबाट केही पाठ सिक्नुपर्छ पनि । किनभने, यो कोरोना भाइरसको जन्म मानिसहरुकै भूलले भएको हो । पक्कै पनि यो तीतो सत्यलाई हामीले स्वीकार्दै सुधार्नतिर लाग्नुपर्छ र लाग्छौँ पनि । किनकि, विश्वले अहिले केही पाठ सिक्दैछ त केवल प्रकृतिको यस विनाशकारी रुप देखेर नै । फोहोर, प्रदूषणजस्ता गल्तीहरु नै यस भाइरसका आहारा हुन् । चेतनशील जगत्ले यो कुरालाई मनन गर्दै यस विशाल युद्धको गोरेटोबाट पक्कै पार हुने नै छ र हुनुपर्छ पनि ।

यसै भाइरसलाई मध्यनजर गर्दै रोकथाम गर्नुपर्ने यस जटिल समयमा संयमता र अनुशासनको पाठ हामीले अध्ययन गर्नु नै पर्छ, मनन गर्नु नै पर्छ र अध्ययनका साथ व्यवहारमा पनि उतार्दै संघर्षको गोरेटो पार गरी विजयको माला भिरेर भोलिका दिनमा हामी सबै सँगै रमाऔँला पनि ।

नेपाल एउटा भूपरिवेष्ठित राष्ट्र हो । भूपरिवेष्ठित राष्ट्र र भारतसँगको खुल्ला सिमाना पनि यस लकडाउनको एउटा कारण हो । हामी गतिशील प्राणी हौँ, तर परिस्थिति नै जटिल छ । त्यसैले, विकल्पको एउटा दरिलो पाटो लकडाउन पनि हो । यो कुरा सरकारले तल्लो स्थानीय तहबाटै जागरूकताका साथमा प्रचारप्रसार गर्नुपर्छ । यो समयमा हामी विवेकशील नेपाली सबैले सरकारको कम से कम योजना र निर्णयलाई अंगीकार गरिदिए अझै सुरमा सुगन्धजस्तै हुन्छ । उत्साहका साथ आत्मविश्वासरुपी जागरण अभियान आफ्नो गाउँ, आफ्नो घरबाटै सुरूवात गर्नुपर्छ । स्थानीय र टोलको समन्वयमा विभिन्न वर्गहरु जो राहतबाट वञ्चित छन्, तिनीहरुको उचित वास्तविक संख्या निकाली फेरि पनि राहत वितरणतिर लाग्नुपर्छ । मनोविज्ञानले निहाल्दै गर्दा हतोत्साहित भएकाहरु र जागरूकताबाट वञ्चित भएकाहरुलाई पनि सान्त्वना दिनका लागि स्थानीय तहबाटै उचित प्रक्रिया र अनुसन्धानमार्फत राज्यले योजना अगाडि बढाउनुपर्छ ।

वास्तवमा लकडाउन शब्दमा मात्र सीमित नभई व्यवहारमा पनि उतार्नका लागि राज्यले मनोविज्ञानलाई उजागर गरी स्थानीय तहबाटै परिचालित गराउनुपर्छ । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दाखेरि हामीले देख्न सक्छौँ, केही अतिआवश्यक दोकानहरु खोलिएका छन् । व्यवसाय र बचतको तालमेल व्यावहारिक र मानवीय जगत्मा देखा पर्छ । हो, तात्पर्य केही समयअगाडि बैंकहरुमा देखिएको भीडकै हो ।

अनि, जिन्दगी चलाउन पनि यो जगत्ले गाँसको उदाहरण पनि दिन्छ जुन ध्रुवसत्य पनि हो । त्यसैले, मनोविज्ञानले निहाल्दाखेरि उच्च भीडको नियन्त्रण गर्नु नै कडाइ हो । कडाइका साथसाथै समयको गणना गरी टोलको पालो लगाउनुपर्छ । एकदिनमा कुनै एउटा शाखामा त्यो नगरपालिकाभित्रका कुनै ३ वटा टोलको पालो लगाउनुपर्छ । त्यसैगरी, एउटा बैंकमात्रै होइन यो समयमा जिल्लाका सबै शाखा बैंक प्रहरीको समन्वयमा खोल्नुपर्छ । हामीले देखेका छौँ, एकदिन एउटा शाखाको पालो र अर्को दिन अर्कोको । यसले केवल भीडको नेतृत्व गर्छ मात्र । त्यसैले, यो कुरामा पनि हामीले विवेक अपनाउन जरूरी छ । यस्तो विषयमा प्रहरी र प्रशासन चनाखो, क्रियाशील हुन आवश्यक छ । नियम र कानुनभन्दा कोही ठूलो छैन यहाँ, त्यसैले यो जगत्लाई बाँध्छ त केवल नियमले मात्र ।

यतिमात्रै होइन यो समयमा देखिएका आत्महत्याका समस्या पनि राज्यले स्थानीय तहबाटै समाधान गर्नका निम्ति एउटा संयन्त्रकै माध्यमबाट अनुसन्धान गर्नुपर्छ । स्थानीय सरकारले अधिकार पाएनौँ भन्ने तर काम र आवश्यकता महसुस नगर्ने, यस्ता कुरालाई पनि ध्यानमा राख्नुपर्छ । क्वारेन्टाइनमा रहेकालाई समुचित र आवश्यकताअनुसार व्यवहार देखिएको छैन । क्वारेन्टाइनमा बसेकाहरुलाई हतोत्साहित हुनबाट जोगाउन विभिन्न क्रियाकलाप जस्तैः आत्मबल बढाउन र एकान्तपनको अन्त्य गराउन पनि दूरी र उच्च सतर्कता कायम गरेर ती शरीरलाई सक्रिय बनाइराख्न स्वास्थ्यकर्मीहरुको टोली १–२ को संख्यामा खटाउँदा पनि एउटा वार्डको क्वारेन्टाइनका लागि पर्याप्त नै हुन्छ । अनुगमनको पाटो उठेको छैन, बजेटको पाटो थुपार्ने मात्र कि स्थानीय निकायलाई पनि उपलब्ध गराउने ? यी तथ्य पनि सोचनीय छन् ।

हामी नेपाली विवेकशील र चेतनशील छौँ, त्यसैले हामीले लकडाउनको उचित व्यवस्थापन आफ्नै घरबाट सुरू गर्न सक्यौँ भने एउटा जिम्मेवार नागरिक भएर चिनिन्छौँ पनि ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया