वनविज्ञानको जंगलमा झुण्डिएको अवस्थामा शव भेटियो

अन‌ि यो पनि

हेटौँडा । हेटौँडा–१० स्थित वनविज्ञान विश्वविद्यालयको जंगलमा एकजना पुरुष व्यक्तिको शव झुण्डिएको अवस्थामा बरामद भएको छ ।

आज दिउँसो स्थानीयले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव निकाल्ने कार्य गरिरहेको छ ।

सर्वसाधारणको बाक्लो आउजाउ हुने सडकबाटै देखिने शव कुहिएर गन्हाउने अवस्थाको छ । सडकबाट नजिकै देखिने स्थानमा झुण्डिएको शव गन्हाउने अवस्थासम्म नदेखिएको भन्दै स्थानीयले घटना शंकास्पद भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध अनुसन्धान शाखाका प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...