सिएमसीद्वारा चेपाङ बालिकाको उपचार खर्च मिनाहा

अन‌ि यो पनि

भरतपुर । चितवन मेडिकल कलेजले एक महिनादेखि उपचाररत कालिका नगरपालिका वडा नं. १० सिद्धिकी सदीक्षा चेपाङको उपचार खर्च मिनाहा गरिदिएको छ ।

चितवन पोष्ट दैनिक र ई–चितवन पोष्ट डटकममा आज बुधबार समाचार प्रकाशित भएपछि सामाजिक अभियन्ताहरू केपीकिरण शर्मा, अर्जुन भुसाल, संगीता भट्टराई, शिशिर सिंखडालगायतको टोली अस्पताल पुगेका थिए । अस्पताल प्रशासनसँगको कुराकानीपछि बालिकाको उपचारमा लागेको सबै खर्च मिनाहा गरिदिएको चेपाङ संरक्षण केन्द्रका अध्यक्षसमेत रहेका अभियन्ता केपीकिरण शर्माले जानकारी दिए ।

बालिकाका बुबा वर्षाका अनुसार बालिकाको उपचारमा खर्च भएको एक लाख ५३ हजार ८६० रूपैयाँ अस्पतालले मिनाहा गरिदिएको हो । अस्पतालले उपचार खर्च नलिने बताएपछि बुधबार नै सदीक्षा चेपाङ डिस्चार्ज भएकी छन् ।

औषधिको बाहिरी फार्मेसीमा औषधि किनेको पैसा पनि १० हजार छुट गरिदिएको सामाजिक अभियन्ता दीपेन चेपाङले जानकारी दिए ।

फार्मेसीमा भएको औषधि खर्चमा केही रकम बाँकी रहेको उनले बताए । ‘रसिद काटेर उठाएको रकमलाई फार्मेसीमा बुझाएर निस्कियौँ,’ उनले भने, ‘बाँकी रहेको पैसा पनि दायाँबायाँ संकलन गरेर पूरा गर्नुछ ।’ उनका अनुसार उक्त फार्मेसीलाई १६ हजार रूपैयाँ अझै बुझाउन बाँकी छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया