उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउन माग

अन‌ि यो पनि

चितवन । उद्योग वाणिज्य संघ चितवनले जारी लकडाउनको मोडालिटी परिवर्तन गरी निर्वाध रुपले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गरी जेठ ३२ सम्म लागू गरिएको लडकाउनको मोडालिटी परिवर्तन गर्न माग गरेको हो ।
जेठ २५ गतेभित्र आयकर, मूल्य अभिबृद्धि कर, अन्तःशुल्क विवरण र कर बुझाउन राजस्व विभागले जारी गरेको सूचनाप्रति उद्यमी व्यवसायीहरु आक्रान्त, हतोत्साही र आक्रोसित बनेको विज्ञप्तिमा उल्लेख छ । यसप्रति संघको गम्भीर ध्यानाकर्षण समेत भएका उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले बताए ।
व्यवसाय सञ्चालनमा प्रतिबन्ध लगाइएको अवस्थामा कुनै पनि हालतमा कर तिर्न सक्ने अवस्था नरहेको उनले बताए । कर रकम असुल गर्ने समय लकडाउन बन्द भएको कम्तीमा पनि थप तीन महिनासम्मका लागि म्याद थप गर्ने व्यवस्थाका लागि सम्बन्धित निकायमा उद्योग बाणिज्य संघ चितवन जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
दैनिक जिविकोपार्जन गरी अन्य कारोबार समेत मिलाउनुपर्ने बाध्यतामा रहेका उद्यमी व्यवसायीहरुलाई बैंक कर्जाको भार, घरबहाल, कर्मचारीको पारिश्रमिक लगायत आर्थिक जटिलताका कारण मानसिक रुपमा तनावग्रस्त बन्नुपरेको संघले बताएको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया