ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अधिकारी हत्या प्रकरणका अभियुक्तहरुले भने– ‘अंश दिलाउँदा हत्या आरोप लाग्यो’

by चितवन पोष्ट
२०७१ बैशाख २, मंगलवार ०२:४३ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । कृष्ण अधिकारीको हत्याको अभियोग लागे पनि गिरफ्तार नभएका व्यक्तिहरु र उनीहरुका आफन्तहरुले सोमबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर सो हत्या प्रकरणसँग जोडिएका सवै पाटो सार्वजनिक गर्न माग गरेका छन् । अधिकारीलाई कसले किन मारेको हो माओवादीले सार्वजनिक गर्नुपर्ने बेला आएको उनीहरुले बताए ।
आफूहरुलाई फसाएर वास्तविक अपराधीलाई उम्क्याउने षडयन्त्र भएको उनीहरुको आरोप छ । केही समयअघि चितवन आएका माओवादी नेता बाबुराम भट्टराईले सत्य निरूपण तथा मेलमिलाप आयोग नबन्दासम्म कुनै खास घटनाका बारेमा मात्रै पार्टीले अनुसन्धान गर्ने र त्यसका बारेमा जानकारी सार्वजनिक गर्ने नीति नभएको बताएका थिए ।
सशस्त्र संघर्षका बेला विसं. २०६१ सालको जेठ २४ मा तत्कालीन विद्रोही पक्ष माओवादीले गोरखा फुजेलका कृष्णलाई चितवनको रत्ननगर बकुलहरमा गोली हानेर मारेको थियो । कृष्णका आफन्तले प्रहरीमा दिएको उजुरीका आधारमा आइतबारमात्रै चितवन जिल्ला अदालतमा १३ जना विरूद्ध सर्वश्वसहित जन्मकैद माग गरेर मुद्दा दायर भएको छ ।
सुराकीको आरोपमा कृष्णको हत्या गरेको माओवादीले बताउँदै आएको छ । तर मुद्दा लागेका अधिकांश अभियुक्तहरु माओवादीका कार्यकर्ता नभएर फुजेलमा रहेका अधिकारीका छिमेकी, आफन्त र सर्वसाधरणहरु रहेका छन् । नुरप्रसादले व्यक्तिगत रिसका आधारमा आफूहरुविरूद्ध उजुरी दिएको र आफूहरु अनाहकमा फसेको अभियुक्तहरु बताउँछन् ।
घटना भएका बेलमा चितवन माओवादीको जिल्ला सेक्रेटरी यमबहादुर परियार र जिल्ला जनसरकार प्रमुख दण्डपाणि पौडेल थिए । तर प्रहरीले माओवादीका यी जिम्मेवार व्यक्तिलाई एक पटक पनि सोेध्ने र समाउने नगरेको तर घटनासँग सम्बन्धित नरहेका आफूविरूद्ध अभियोग लगाइएको अजिव भनिने परशुराम पौडेलले बताए ।
पौडेल मंसिर २१ मा गिरफ्तार भएका थिए । प्रहरीको हिरासतमा २५ दिन बसेका पौडेलविरूद्ध मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै जिल्ला सरकारी वकिलले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएका थिए । पुस २४ गते हिरासत मुक्त भएयता प्रहरीले उनलाई कुनै सम्पर्क गरेको छैन ।
चैत्र ६ मा समातिएका छविलाल पौडेल अजिवका बाबु हुन् । सो मुद्दामा हाल छविलाल र भिमसेन पौडेलमात्रै प्रहरी हिरासतमा छन् । मुद्दा दायर हुने दिन आइतबार बिहान १० बजे जिल्ला प्रहरी कार्यालयमा बुबाका लागि आफँैले खाना लिएर गएको अजिवले बताए । दिउँसो उनी अदालत पनि पुगेका थिए ।
हिरासतमा रहेका छविलाल र भीमसेनबाहेक अरूलाई फरार भनिएको छ । प्रहरी कार्यालयमा पुगेको मान्छेलाई फरार भनेर मुद्दा दर्ता गरेकोमा अजिव छक्क परेका छन् । कृष्ण अधिकारीको हत्या कसले र किन गरेको हो माओवादीले सवै विवरण सार्वजनिक गर्नुपर्ने अभियुक्तहरुको माग छ ।
अजिबले भने, ‘हामी बेफ्वाकमा जेल जान लाग्यौँ । हत्याराको रुपमा चित्रित हुन थाल्यौँ । मार्ने माओवादी,  जेल जाने हामी । न मैले कहिल्यै बन्दुक बोकँे । न कहिल्यै कृष्णलाई देखेँ । यस्तो बेलामा हामी माओवादीलाई घटनाको सत्य तथ्य के हो । किन मारेको हो, कसले मारेको हो सवै विवरण बाहिर ल्याउन माग गर्दछौँ ।
अधिकारी हत्या अनुसन्धान प्रकरणमा प्रचण्ड बाबुरामले चर्का कुरा गरे पनि चित्त बुझ्दो काम नगरेको अजिवले बताए । आफूहरु जेल जाने अवस्था आउन लाग्दा पार्टीका मान्छेले फोनसमेत उठाउन छाडेको उनले बताए । पारिवारिक झगडामा आफूहरुको पक्ष नलिएको रिसमा नुरप्रसादले आफूहरु विरूद्ध हत्या अभियोगमा उजुरी दिएको अजिवले बताए ।
हत्या अभियोगमा मुद्दा दायर भए पनि पक्राउ नपरेका मेघनाथ पौडेलले नुरप्रसादका माइला बाबा बितेपछि माइली आमालाई अंश दिलाउने सम्बन्धमा भूमिका खेलेकाहरुलाई हत्या आरोपमा उजुरी दिएको बताए । कृष्ण हत्या भएको एक वर्षपछि अंश विवाद निस्केको थियो । नुरप्रसादको उजुरीको आधारमा माइली आमाविरूद्ध पनि मुद्दा दायर भएको छ ।
हत्यालगत्तै कृष्णका बुबा नन्दप्रसादले दिएको उजुरीमा कृष्णलाई तीनजनाले अपहरण गरेर लगेको उल्लेख थियो । घटनाको १८ महिनापछि नुरप्रसादले ११ जनाको नाम किटेर जाहेरी दिएका हुन् । जाहेरीमा नाम नपरे पनि सो घटनामा थप चारजनाको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
संलग्न चारमध्ये माओवादी छापामार ऋषि लामिछाने र मदन पौडेलको सुरक्षा कारबाहीमा ६२ सालमा निधन भएको प्रहरीको भनाइ छ । हाल बेलायतमा रहेका रूद्र आचार्यको घटनामा संलग्नता रहेको भन्दै प्रहरी अनुसन्धानका आधारमा मुद्दा दायर भएको छ । आचार्य त्यो बेला माओवादी छापामार रहेको प्रहरीको भनाइ छ ।
त्यस्तै, माओवादी नेतृ हिसिला यमीको सहयोगी रहेकी जानुका पौडेलविरूद्ध पनि मुद्दा दायर भएको छ । जानुका र रूद्रबाहेक अरु पार्टीमा सक्रिय नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर कृष्णका बाबुआमाको लामो अनशन र मानव अधिकारकर्मीको दबाबका कारण आफूविरूद्ध मुद्दा चलेको अभियुक्तहरु बताउँछन् ।
मानव अधिकारकर्मीहरु नन्दप्रसाद, गंगामाया र नुरप्रसादको पक्षमा लागेकाले आफूहरुमाथि भएको अन्याय सुनाउने ठाउँ पनि नपाएको गिरफ्तार भीमसेनकी श्रीमती गोमा पौडेलको गुनासो छ । आइतबार अभियोग दर्ता भए पनि अभियुक्तहरुको थुनछेक सम्बन्धी बहस मंगलबारबाट सुरू हुँदैछ ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

मावनअधिकार उल्लंघनका दोषीलाई आममाफी नहुने
समाज

द्वन्द्व प्रभावित परिवार निराश

रुपन्देही । तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ ।...

Read more
Chitwan Post

बाल सङ्गठन चितवनमा पौडेलको नेतृत्व

Chitwan Post

वन पैदावार उद्योग व्यवसायी सङ्घमा श्रेष्ठ

Chitwan Post

चितवनमा ३५ जनाले गरे रक्तदान

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In