रत्ननगर । पूर्वीचितवनको खैरहनीमा दुईवटा ट्रान्सफर्मर पड्किएर विद्युत् अवरूद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।
पाँच दिनअघि खैरहनीमा पड्किएको ट्रान्सफर्मर मर्मत नहुँदा पुनःआइतबार अर्काे पड्किएपछि स्थानीय थप मारमा परेका हुन् । पटकपटक विद्युत् कार्यालयमा जानकारी गराउँदासमेत मर्मत नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
उनीहरूले खैरहनीको उपशाखामा धर्ना दिएका छन् । सो क्रममा स्थानीयसँग मर्मत गरेर ट्रान्सफर्मर जडान गर्ने आश्वासन प्राधिकरणले दिएको छ । विद्युत् अवरूद्ध हुँदा खैरहनी–७, ८ लगायत विभिन्न क्षेत्रका सयौँ परिवार पीडित बनेका छन् । प्राधिकरणले विद्युत् भार थेग्न नसकेर पड्किएको बताएको छ । चितवनमा पछिल्लो समयमा ट्रान्सफर्मर चोरीका घटनासमेत बढिरहेको विद्युत् कार्यालयले जनाएको छ ।
Discussion about this post