भरतपुर । भरतपुरस्थित आदर्श गृह स्थापनाको छैटौं वर्षमा प्रवेश गरेको छ । विसं. २०६६ साल वैशाख १ गते स्थापना भएको गृहले घरेलु हिंसा तथा मानव बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकाहरुलाई आश्रय प्रदान गरी उनीहरुको अधिकारको लागि कार्य गर्दै आएको छ ।
आदर्श नारी विकास केन्द्रद्वारा संचालित गृहले सोमबार स्थापना दिवस एवं नयाँ वर्षको शुभकामना कार्यक्रम गरेको छ । कार्यक्रममा गृहकी संस्थापक मीना खरेलले आदर्श गृह स्थापनापछि धेरै महिला तथा बालबालिकाले सेवा प्राप्त गरेको र स्थापनाको छैटौं वर्ष निकै चुनौतीपूर्ण रहेकोमा विभिन्न सहयोगीहरुको साथले गृह संचालनमा सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा आदर्श नारी विकास केन्द्रकी अध्यक्ष सरिता केसी, कानुनी सल्लाहकार फूलमाया रानाभाट, संस्थाका संरक्षकहरु बलभद्र घिमिरे, गणशेखर शर्मा, सचिव इन्दु पण्डित, कोषाध्यक्ष पवित्रा केसी, आदर्श गृहका व्यवस्थापक भानुभक्त कँडेल, सूचना संयोजक अर्जुन अधिकारी, आमा भीमकुमारी जीसीलगायतले मन्तव्य दिनुभयो ।
Discussion about this post