ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘कोरोनाको महामारीमा व्यवसायीहरुलाई पुनःस्थापना गर्नु राज्यको दायित्व हो’

by namastec
२०७७ जेष्ठ १७, शनिबार ०८:३३ गते
in अन्तर्वार्ता
0
448
SHARES
Share on FacebookShare on Twitter

खैरहनी चेम्बर अफ कमर्शका उपाध्यक्ष, चितवन अटो डिलर्स एसोसिएसन बोर्डका सदस्य, २५ वर्ष लामो व्यावसायिक यात्रामा सफल रहेका व्यवसायी तथा समाजसेवी कालिका मोटरसाइकल पार्ट्सका उत्तम अधिकारीसँग विश्वव्यापी महामारी कोरोनाले देशको अर्थतन्त्र र व्यवसायप्रति कस्तो असर पारेको छ र कसरी यस्तो सङ्कटको घडीमा व्यवस्थापन गर्ने भन्ने विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

१. विश्वव्यापी महामारी कोरोनालाई यहाँले कसरी लिनुभएको छ ?

— प्रकृतिले हामीलाई सधैँ दिनेमात्र हो, तर कहिलेकाहीँ प्रकृतिको विपरीत केही गर्छौं भने यो खालको आपतविपत् आइरहेको इतिहास हेर्न सकिन्छ । आज विश्व कोरोनाको चपेटामा रहेको छ । यसले विश्व अर्थतन्त्रलाई नै उथलपुथल बनाएको छ । समृद्ध, स्वास्थ्य प्रणालीमा बलिया भएका शक्तिशाली भनिने देशहरुले अहिले सबैभन्दा ठूलो आर्थिक तथा मानवीय क्षति व्यहोरेका छन् भने यसको प्रभाव हामीलाई पनि परेको छ । हाम्रो छिमेकी मुलुक चीनको वुहानबाट सुरू भएको कोरोनाले विश्व डगमगाएको छ । यसको प्रकोप विज्ञहरुको भनाइअनुसार २ वर्षसम्म जान सक्छ । अब यसका लागि कस्तो सुरक्षा–विधि अपनाएर यसलाइ न्यूनीकरण गरी मानवजीवनलाई सहज बनाई अधि बढ्ने भन्ने प्रमुख विषय हो ।

२. विश्वव्यापी महामारी कोरोना र देशको अर्थतन्त्रलाई कसरी हेर्नुभएको छ ?

— यसवर्ष दक्षिण एसियामा सबैभन्दा आर्थिक वृद्धिदर उच्च रहेको भुटान थियो । यस महामारीले कुनै देश, जाति, धर्म छुट्टयाउँदैन । यसको प्रकोप सबै देश र मानव समुदायमा पर्न जान्छ । अझ हाम्रो देश निर्यातभन्दा आयात बढी गर्ने भएकोले यसको प्रभाव यहाँ बढी पर्नेछ । देशको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको पर्यटन क्षेत्र यस महामारीले जटिल बनिसकेको छ । यसै गरीकन रेमिट्यान्सको पनि हाराहारी २९% योगदान रहेको छ ।

वार्षिक ८ खर्ब हाराहारी भित्रिने रेमिट्यान्स अहिले नै ४% घटिसकेको छ भने आउँदो दिनमा खाडी मुलुकबाट फर्कनेको सङ्ख्या ४ लाख हाराहारी हुने र रेमिट्यान्समा १५% को गिरावट आउने विश्लेषकहरुको भनाइ रहेको छ । यसैगरी, कृषि क्षेत्रको पनि २७% हाराहारी योगदान रहेको छ । उद्योग, कलकारखाना, घरेलु तथा मझौला व्यवसायको पनि उल्लेखनीय योगदान रहेको छ । यस महामारीले गर्दा हाम्रो देशको आर्थिक वृद्धिदर १.७५ देखि २.५% सम्म हुने आँकलन गर्न सकिन्छ ।

३. यहाँ आफैँ पनि व्यवसायी हुनुहुन्छ, अहिले व्यवसायीहरुको अवस्थालाई कसरी लिनुभएको छ ?

— दुई महिना पूरा भइसकेको छ लकडाउन ! बढ्दो संक्रमणको कारणले लकडाउन अझ लम्बिने देखिएको छ । व्यवसायी र व्यावसायिक संगठनहरुले विभिन्न विज्ञप्ति तथा मौखिकरुपमा राहत प्याकेज घोषणा गर्न सम्बन्धित पक्षहरुसँग माग गरिरहेका छन् । म आफैँ पनि धेरै खालका व्यावसायिक संगठनमा रहेको छु र हामीले केन्द्रसम्म लिखित जानकारी गराइसकेका छौँ । व्यवसायीहरु अहिले निराश भएका छन् ।

२ महिना लकडाउन भइसकेको अवधिमा पनि सरकार पक्षबाट व्यवसायीका लागि केही राहत प्याकेज नआएको भन्दै व्यावसायिक संगठनहरुमा दिन प्रतिदिन गुनासो बढ्दैछ । व्यवसाय र उद्योग, कलकारखाना बचाउनेतर्फ राज्यपक्षबाट बेवास्ता गरेको सरोकारवाला व्यवसायीहरुले महसुस गरेका छन् । यस्तै हो भने व्यवसायी, उद्योगीहरु आफ्नो व्यवसायबाट हात धुने अवस्था आउने भन्दैछन् । शिथिल भइसकेका व्यवसायीलाई पुनःस्थापना गर्नु राज्यको प्रमुख दायित्व हुनुपर्ने हो ।

४. व्यवसायीको चुनौती र व्यवस्थापन कसरी सम्भव छ ?

— यस महामारीमा चुनौती धेरै छ । व्यवसायीहरुलाई नेपाल सरकारबाट नै राहत प्याकेजको व्यवस्था हुनुपर्छ, किनकि लकडाउन कहिलेसम्म चल्ने हो आँकलन गर्न सकिँदैन । सबै व्यवसायी र उद्योगीहरु बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका नै हुन्छन् । धेरै सङ्ख्यामा कर्मचारी, घरभाडासम्मका चुनौती प्रमुख छन् ।

व्यवसायी तथा उद्योगीलाई यसको व्यवस्थापनमा सरकारबाट नै कार्यक्रमहरु आउनुपर्छ । कोरोनाको कहरले ओरालो लागेको अर्थतन्त्र उकास्न सरकारले रोजगारी र राहतबाटै विभिन्न योजना ल्याएर काम गर्नुपर्छ, किनकि वैदेशिक भूमिबाट पनि ठूलो संख्यामा मान्छे फर्कंदा उनीहरुलाई रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ । सरकारका लागि यो एउटा चुनौतीसँगै अवसर पनि हो ।

Related Posts

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

तिहार, देउसीभैलो र वर्तमान

‘पुस्तक पढ्ने पाठकहरुले आफ्नो उपचार आफैँ गर्न सक्छन्’

अन‌ि यो पनि

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन
प्रमुख समाचार

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन

खैरहनी माघ ९ गते । चितवनको खैरहनी नगरपालिका १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको शुक्रबार साँझ निधन भएको छ ।...

Read more
विद्यालयलाई युथ क्लबको सहयोग

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In