सिद्धि । पूर्वीचितवनको विकट पहाडी गाविस सिद्धिका आगलागी पीडित चेपाङ परिवार खुल्ला आकासमुनि बस्न बाध्य भएका छन् ।
आगलागीका कारण चैत २८ गते राति घर जलेपछि उनीहरू खुल्ला आकासमै बस्न बाध्य भएका हुन् । स्थानीय रीतुलाल चेपाङको आगोले घरसहित भएको अन्न र सामग्री जलेर नष्ट भएको थियो । अन्न नभएपछि उनीहरूको खाद्यान्नमा समेत समस्या परेको स्थानीयले बताएका छन् ।
पीडित रीतुलालले अहिले रुखमुनि बसेर रात बिताएको बताउनुभयो । घरमा अतिकति भएको कोदो, मकै र कपडासमेत जलेर नष्ट भएको उहाँले बताउनुभयो ।
उहाँले राहतका लागि सबैसँग मागसमेत गर्नुभएको छ । घर तथा खाद्यान्न गरी करिब एक लाखको क्षति भएको छ ।
आगलागीका कारण नखुले पनि बालबालिकाले आगो खेलाउँदा घटना भएको हुन सक्ने स्थानीयले बताएका छन् । गर्मीयाममा आगो लाग्ने भएकाले सतर्क रहन प्रहरीले स्थानीयलाई आग्रह गरेको छ ।
Discussion about this post