नारायणगढ । नारायणगढको मुटु लायन्सचोकमा नयाँ वषको अवसर पारेर सि–म्याक्स सिनेमा सञ्चालन गरिने भएको छ । लायन्सचोकको केएल मलको छैठौँ तलामा रहेको सि–म्याक्स सिनेमाले चितवनका दर्शकहरुलाई व्यापक मनोरञ्जन दिने लक्ष्य रहेको सञ्चालक तथा म्यानेजर गोविन्द रौनियारले बताएका छन् ।
वृहत् लगानी तथा उच्चस्तरीय प्रविधिमा बनेको सि–म्याक्सको क्षमता १७० जनाको छ । चितवनमा अत्याधुनिक प्रविधि, पूर्ण वातानुकुलित र आरामदायी फोल्डिङ सिट भएको हलको रुपमा परिचित सि–म्याक्सले बिहान ८ देखि बेलुकी ८ बजेसम्म चलचित्र प्रदर्शन गर्ने जनाएको छ । सञ्चालक रौनियार भन्छन्, चितवनमा लामो अध्ययन र दर्शकहरुको चाहना बमोजिम सि–म्याक्सको परिकल्पना गरिएको बताए । ७.१ भर्सनको सो हललाई थ्री डी भर्सनमा पनि रुपान्तरण गर्न सकिने गरी निर्माण गरिएको छ ।
मलमा सपिङ गर्न आउने ग्राहकसमेतलाई मध्येनजर गरी हरेक दिन चारदेखि पाँच शोसम्म प्रदर्शन गरिने बताइएको छ । हरेक विहानको शो भने सबैका लागि ५० प्रतिशत छूट दिइने रौनियारले जानकारी दिए । टिकटका लागि भुँइ तला र छैठौँ तलामा दुई काउण्टरबाट टिकट लिन सकिने व्यवस्था गरिएको छ । टिकट शुल्क दुई सयदेखि तीन सयसम्म कायम हुने सि–म्याक्सले जनाएको छ ।
Discussion about this post