रत्ननगर । सर्वज्ञ बचत तथा ऋण सहकारी संस्था लि. रत्ननगरको आयोजनामा एक दिवसीय सहकारी प्रशिक्षण तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिशरण पाठकको सभापतित्व एवम् सहकारी डिभिजन कार्यालय भरतपुरका प्रशिक्षक श्रीकृष्ण नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव मित्रेश्वर शर्मा, यमानाथ आचार्य, मानबहादुर रानाभाट, ईश्वरी अधिकारी, सुरेन्द्र पोखरेल, तिलकराज पौडेललगायतले मन्तव्य राखेका थिए ।
Discussion about this post