अस्ताए वरिष्ठ गीतकार थापा

अन‌ि यो पनि

चितवन । वरिष्ठ कवि एवम् गीतकार रत्नशमसेर थापाको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका थापाको ८३ वर्षको उमेरमा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो।

स्वास्थ्यमा थप समस्या देखिएपछि थापा बुधबार अस्पताल भर्ना भएका थिए। ‘घुम्तीमा नआउ है’, ‘उकाली ओराली गर्दै’, ‘जाग लम्क चम्क हे’, ‘गोरेटो त्यो गाउँको’, ‘पन्छिमा राम्रो डाँफे’, ‘फूलैफूलको मौसम’, ‘सप्तरंगी फूलै फुल्यो’, ‘विछोडको पीडा’, ‘हे कान्छा’लगायतका गीत कालजयी छन्।

नेपाली साहित्य र गीत संगीतको क्षेत्रमा थापाको निधनले ठूलो क्षति पुगेको संगीतकार महेश खड्काले बताए। थापाका गीतबाटै प्रेमध्वज प्रधान, तारादेवी जस्ता गायक गायिकाले पहिचान पाएका थिए। पछिल्ला पुस्ताका कलाकारहरूमा राजेशपायल राई, रामकृष्ण ढकाल, यम बराल, शिशिर योगीसम्मका गायक गायिकाले थापाका गीत गाउने मौका पाएका थिए।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया