ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

माइक्रोको मनपरीविरूद्ध ट्राफिक प्रहरी

by चितवन पोष्ट
२०७० चैत्र ३०, आईतवार ०२:२३ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । आफूखुसी सिट संख्या बढाएका ३८ माइक्रोलाई ट्राफिक प्रहरी चितवनले आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा अनुरोध गरेको छ । यातायात व्यवस्था कार्यालयबाट अनुमति लिएको भन्दा बढी सिट जडान गरी यात्रु चढाउन पाइँदैन ।
चैत्र २८ र २९ गते आँपटारीमा भएको चेकजाँचको क्रममा ३८ वटा माइक्रोले अनुमतिभन्दा बढी सिट राखेको पाइएको ट्राफिक प्रहरी चितवनका प्रहरी नायव निरीक्षक रामचन्द्र घिमिरेले बताए । यसअघि पटकपटक चेतावनी दिए पनि अटेर गरेपछि यातायात व्यवस्था कार्यालयमै थप कारबाहीका लागि पठाउने तयारी भएको नायव निरीक्षक घिमिरेले बताए ।
१८ सिट क्षमताको माइक्रोमा सिट थप गरी २४ जनासम्म यात्रु राखेको नायव निरीक्षक घिमिरेको भनाइ छ । उल्टो सिट राखेका ती माइक्रो बसका सिट ट्राफिक प्रहरीले तत्कालै झिकेको थियो । झिकिएका सिटहरु ट्राफिक कार्यालयमा राखिएको छ ।
सिट झिकिएका सवै माइक्रोहरु नारायणगढ काठमाडौं रूटका हुन् । एक हजारसम्मको जरिबाना काट्ने अधिकार ट्राफिकसँग छ । त्यसभन्दा माथि जरिबाना गर्ने अधिकार यातायात व्यवस्था कार्यालयलाई मात्र छ ।
माइक्रोको अगाडिको सिटमा तीन जनासम्म चढाउने र प्रहरीको छड्के जाँचमा खुसुक्क ड्राइभरले पैसा दिने गरेकोमा प्रहरी प्रमुखहरु समक्ष गुनासो पुगेपछि चितवन प्रहरी यससम्बन्धमा जागरूक भएको हो ।
त्यस्तै, ट्राफिक कार्यालय भरतपुरले पश्चिम चितवनको रुटमा चल्ने बसको छतमा यात्रु चढाउने सवारीमाथि पनि कारबाही थालेको छ ।
ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रहरी सहायक निरीक्षक कृष्णज्यू ठकुरीले भने, ‘छतमा यात्रु चढाउने र बिना हेल्मेट मोटरसाइकल चलाउनेलाई कारबाही भइरहेको छ ।’ ट्राफिक प्रहरीले हिजो शनिबार गरेको सवारी जाँचबाट पचास हजार राजश्व संकलन गरेको छ ।
एक हप्ताका बीचमा उल्लेखित सवारी कारबाहीबाट २ लाख बढी राजश्व संकलन भएको सहायक निरीक्षक ठकुरीले बताए । ट्राफिक प्रहरीले चैत्र महिनामा मात्रै १० लाख रूपैयाँभन्दा बढी सवारी चेक जाँचबाट राजश्व संकलन गरेको छ ।
त्यस्तै, सवारीको स्वरूप परिवर्तन गर्ने र विद्यालय तथा कलेज पोशाकमै मोटरसाइकल चलाउनेलाई पनि कारबाही गरिरहेको सहायक निरीक्षक ठकुरीको भनाइ छ । भरतपुर नगर क्षेत्रभित्र चल्ने म्याजिक र टेम्पो चालक ३० जना तथा १०० जना यात्रुलाई शुक्रबार क्याम्पसगेटमा जाँच गरी सुरक्षित सवारी यात्राबारे जनचेतनासमेत ट्राफिक प्रहरीले दिएको छ ।
म्याजिक गाडीको ढोकामा परिचालक तथा यात्रु झुण्डिएर यात्रा गर्ने क्रम नरोकिएपछि ट्राफिकले जनचेतना अभियान चलाएको हो । पुनः अटेर गरेमा कडा कारबाही गरिने पनि सहायक निरीक्षक ठकुरीले बताए । चितवनमा पछिल्लो समय ट्राफिक प्रहरीले सवारी जाँच तीव्र पारेको छ ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In